काठमाडौं । अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति कतारको अहमेद अलि बिन रंगशालामा कप्तान लियोनल मेसीको ३५ औँ मिनेटको गोलबाट अग्रता लिएको अर्जेन्टिनाले अस्ट्रेलियाका गोलकिपरको गम्भीर गल्तीको फाइदा उठाउँदै ५७ औँ मिनेटमा थप १ गोल गर्दै दोब्बर बनाएका थिए। उक्त गोल जुलियन आल्भारेजले गरेका थिए।
खेलको ७७ औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजबाट आत्मघाती गोल भएपछि अष्ट्रेलिया २-१ को अवस्थामा फर्किएको थियो। अस्ट्रेलियाका क्रेग गुडविनले गरेको प्रहार फर्नान्डेजबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो ।
यस्तै, अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स पनि अन्तिम आठमा पुगेको छ ।
खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको राउण्ड अफ १६ अन्तर्गतको पहिलो खेलमा नेदरल्यान्ड्सले ३-१ को जित निकालेको हो । नेदरल्यान्ड्सका लागि मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक–एक गोल गरे। भने, अमेरिकाका हाजी राइटले १ गोल गर्न सफल भए।
अब क्वाटरफाइनलमा नेदरल्यान्ड्स र अर्जेन्टिना भिड्नेछन् ।
सम्बन्धित खबर
पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’
रन रेटको आधारमा कालिका फाइनलमा : सिद्ध र अम्मरसिंह सेमिमा भिड्ने
विश्वकप खेल्ने टीममा नराखेपछि सन्दीपको प्रतिक्रिया: ‘ममाथि षडयन्त्र गर्नेहरूलाई भगवानले आशिष दिऊन्’
छात्रा क्रिकेट जारी : भद्रकाली र अम्मरसिंहको जित
रियाको पहिलो शतक : कालिका र सिद्ध विजयी
वैशाख २२ गते पोखरा ७ मा दौड प्रतियोगिता हुँदै, तयारी तिव्र
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग