अश्विन दानी, गोरखा । बिहान उठ्ने बित्तिकै आरनको छेउमा बसेर आज के बनाउने ? भन्ने सोचबाट शहिदलखन गाउँपालिका १ बक्राङका नरबहादुर विश्वकर्माको दिनचार्य सुरु हुन्छ ।
उनी बिहान आरनमा बसेपछि साँझ नहुँदासम्म आरानकै काममा रमाउने गर्छन् । काम गर्न सक्ने उमेरका भएदेखि आरानको काम गर्न थालेका उनी अहिले ८१ बर्षमा लागे । दुःख गर्न सकेसम्म त्यतीकै बस्न हुँदैन भन्ने सोच बोकेका उनी बुढेसकालमा पनि फलाम पिटेर त्यसलाई बिभिन्न आकारको औजारहरु बनाउँछन् ।
‘हात गोडा चल्दासम्म दुखै गरेर खानु पर्छ’ आरानमा आगो फुक्दै उनले भने ‘म अहिले भारी बोक्न सक्दिन । दिनभरी आरानकै काम गर्छु खासै गाहे लाग्दैन् ।’ उनले थपे –‘चिनेजानेको मान्छेहरु पनि आउँछन् । उनीहरुसँग बात मार्दै काम गर्दा दिन बितेको पत्तो हुँदैन । अनि, घर खर्च पनि जुट्छ ।’
बक्राङको दलित बस्तीमा घर भएका विश्वकर्माको परिबारमा छोरा, बुहारी र नाति सहित चार जना छन् । उनी फलामबाट कुटो, कोदालो, खुर्पा जस्ता बिभिन्न औजारहरु बनाएर बेच्ने गर्छन् । आफुसँग सिप भए जुनसुकै समयमा पनि पैसा कमाउन सकिने उनी बताउँछन् ।
‘पहिले त गाउँलेहरुले सबैसाल बाली दिने गर्थेँ’ निधारको पसिना पुछ्दै विश्वकर्माले भने ‘गाउँमा अरुले पनि आरान राखेपछि कसैले पैसा दिन थाले । अहिले गाउँका लगभग २५ घरधुरीले मात्रै बाली दिन्छन् ।’ मलाई राम्ररी हिसाव गर्न आउँदैन, उनले थपे ‘आजभोली बाली उठाउँदा बर्षभरी लगाएको काम हेरेर कसैले दुई÷तीन पाथी धान र मकै दिन्छन् भने कसैले अलि बढि नै !’ पैसा दिनेले काम अनुसार डेढ सयदेखि माथि नै दिने गरेको उनको भनाई छ ।
खरले छाएको सानो झुप्रो मुनी रहेको विश्वकर्माको आरानमा प्रयोग हुने सबै औजारहरु सबै पुरानै छन् । उनी बुढो शरीरले घन उचाल्दै फलामलाई कुटेर बिभिन्न औजार बनाउँछन् ।
‘यो आरान सारै पुरानो भयो’ बोलीरहेको कोइलामा फलाम तताउँदै उनले भने ‘नयाँ आरन बनाउने रहर छ तर पुग्नी पैसा छैन । अहिले त बजारमै कोइला पनि किन्न पाइन्छ भन्ने सुनेको थिएँ हो र ?’ आफ्नो छोरा नातिले आरानको काम गर्न छाडेकाले भन्दै पुर्खेयौली पेसा लोप हुनसक्ने भन्दै उनले चिन्ता ब्यक्त गरे ।
सम्बन्धित खबर
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’