पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ की नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले विकास आयोजनाका काम कुनै पनि बहानामा अवरुद्ध हुन नहुने भन्दै सबै आयोजनाहरू निर्धारित समयमा सम्पन्न हुने गरी काम अगाडि बढाउन कास्कीका कार्यालय प्रमुखहरूलाई आग्रह गरेकी छन् ।
भट्टराईले विकासका लागि चालिएका कदम र भएका कठिनाइको समयमा पहिचान गरी समाधान खोज्न आफू सधैँ लागिपरेको भन्दै तत्काल रोकिएका आयोजनाका अगाडि बढाउन आग्रह गरिन् ।
शुक्रबार कास्कीका केही कार्यालय प्रमुख तथा आयोजना प्रमुखहरूसङ्ग उनले कास्कीमा चालू विभिन्न आयोजना तथा विकास निर्माणका बारेमा जानकारी लिँदै जिल्ला प्रशासन कार्यालय कास्कीको विशेष बैठकलाई सम्बोधन गर्दै यसमा जाेड दिएकी हुन् ।
सो अवसरमा प्रदेशसभा सदस्यहरू भिम कार्की, बिन्दु कुमार थापा, प्रकाश बराल लगायतले विकासमा साझेदारी र सहकार्य महत्वपूर्ण भएको भन्दै समयमा नै सबै योजना सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे।
कार्यक्रममा कास्कीका विभिन्न कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयका विकास आयोजनाहरूको प्रगति तथा कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएका थिए।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन