काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार मृत्यु हुनेमा बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिना, बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन्।
यस्तै, बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ।
ज्यान गुमाएका अन्य चार जनाको परिचय खुल्न बाँकी छ। दुर्घटनामा २२ जना घाइते भएका छन्। घाइतेहरुको बनेपा, धुलिखेल र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन