पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोष बर्खास्त

पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोष बर्खास्त

Fernando-Santos

काठमाडौँ । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन् ।

कतारमा भइरहेको फिफा विश्व कपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासङ्घले सान्तोष बर्खास्त गरेको हो ।

विश्व कपको अन्तिम–१६ र क्वाटरफाइनलका खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि प्रशिक्षक सान्तोषको आलोचना भएको थियो ।

पहिलो पटक क्वाटरफाइनमा पुगेको मोरक्कोसँग पोर्चुगल १–० गोलले पराजित भएपछि बाहिरिएको थियो । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिपसम्मका लागि सान्तोषले सम्झौता गरेका थिए । तर सम्झौता अगाडि नै उनी बर्खास्त भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ