काठमाडौ। विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ। अतिरिक्त समयमा ३-३ गोलको बराबरी पछि भएको पेनाल्टीमा शुट आउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिनाले उपाधिको रक्षा गरेको हो।
आइतबार कतारको लुसेल आइकोनिक स्टेडियममा भएको खेलको २३ अौं मिनेटमा अर्जेन्टिनाले १-० को अग्रता लियो। पेनाल्टी क्षेत्रभित्र फ्रान्सका अोस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टीको अवसर दिएकोमा मेस्सिले बललाई जाली चुमाउन सफल भए।
यस्तै, खेलको ३५ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको लामो पासलाई सही दिशा दिँदै डि मारियाले अर्को गोल थप्न सफल भए। पहिलो हाफमै २-० गोल अन्तरले पछि परेको फ्रान्सले केही मुभ बनाएपनि गोल गर्न असफल रहयो।
खेलको ७८ औं मिनेटमा फ्रान्सले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एम्बापेले खेललाई २-१ को अवस्थामा फर्काए। भने, खेलको २ मिनेटमै आश्चर्यजनक पुनरागमन गर्दै ८१ औं मिनेटमा एम्बापेले पुनः शानदार गोल गर्दै २-२ को बराबरीमा ल्याए।
२-२ को बराबरी पछि अतिरिक्त समयमा मेसीले गोल गरेपछि अर्जेन्टिना ३-२ ले पछि पर्यो।
रोमान्चक बनेको आजको खेलमा अन्तिम अवस्थामा फ्रान्सले पाएको पेनाल्टीमा पुनः एम्बापेले गोल गर्दै ३-३ को अवस्थामा फर्काए। पेनाल्टी शुटआउटमा गएको खेलमा ४ -२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि उपाधिको रक्षा गर्न सफल बन्यो।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन