पोखरा । सहारा क्लब हङकङले २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा ३ लाख रुपैयाँ सहयोग गरेको छ। सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि पोखरा रंगशालामा २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता गर्दैछ।
सहारा क्लब हङकङका उपाध्यक्ष खम गुरुङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
बैठकले हालै सम्पन्न स्व.बिल तामाङ स्मृति सहारा फुटबल कपको आयव्यय समेत सार्वजनिक गरेको छ। जसमा १ लाख ३९ हजार आम्दानी भएकोमा खर्च कटाएर ६१ हजार हङकङ डलर बचत भएको जनाइएको छ।
यसैगरी, यही २५ डिसेम्बरमा हुन लागेको गोर्खा कपमा क्लबले आफ्नो तर्फबाट सहभागिता जनाउने निर्णय पनि गरेको छ।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखरा मोफसलको चर्चित क्लब हो। क्लबले पोखरा १७ दोबिल्लामा सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको छ। क्लबले निरन्तररुपमा गएको दुई दशकदेखि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। सहारा क्लब पोखराले पहिलो पल्ट २०५८ सालमा क्याराभान गोल्डकप गरेको थियो। यसपालिको प्रतियोगितामा आयोजकसहित १० टिमले भाग लिने छन्।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो