पोखरा । सहारा क्लब हङकङले २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा ३ लाख रुपैयाँ सहयोग गरेको छ। सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि पोखरा रंगशालामा २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता गर्दैछ।
सहारा क्लब हङकङका उपाध्यक्ष खम गुरुङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
बैठकले हालै सम्पन्न स्व.बिल तामाङ स्मृति सहारा फुटबल कपको आयव्यय समेत सार्वजनिक गरेको छ। जसमा १ लाख ३९ हजार आम्दानी भएकोमा खर्च कटाएर ६१ हजार हङकङ डलर बचत भएको जनाइएको छ।
यसैगरी, यही २५ डिसेम्बरमा हुन लागेको गोर्खा कपमा क्लबले आफ्नो तर्फबाट सहभागिता जनाउने निर्णय पनि गरेको छ।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखरा मोफसलको चर्चित क्लब हो। क्लबले पोखरा १७ दोबिल्लामा सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको छ। क्लबले निरन्तररुपमा गएको दुई दशकदेखि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। सहारा क्लब पोखराले पहिलो पल्ट २०५८ सालमा क्याराभान गोल्डकप गरेको थियो। यसपालिको प्रतियोगितामा आयोजकसहित १० टिमले भाग लिने छन्।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’