पोखरा । पोखरामा भएको दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा हिक्मत विक, लक्ष्मी मगर र नयन मानन्धर विजेता बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार भएको साइकल दौडमा तीन जना फरक–फरक विधाबाट विजेता बनेका हुन् ।
४० वर्षमुनिको पुरुषतर्फ हिक्मत प्रथम हुँदा सन्दिप सुन्दौली द्वितीय र सुमित गुरुङ तृतीय भए । हिक्मतले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा १२ मिनेट, सन्दिपले ३ घण्टा २८ मिनेट ३४ सेकेण्ड र सुमितले ३ घण्टा ४८ मिनेटमा पार गरेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
४० वर्षमुनिको महिलातर्फ लक्ष्मी प्रथम हुँदा सुधा राई द्वितीय र सोफिया विश्वकर्मा तृतीय भए । लक्ष्मीले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा ३९ मिनेट ४९ सेकेण्डमा पार गरेकी थिइन् । यो विधामा तीन जनामात्रै प्रतिस्पर्धी भएकाले एक राउण्ड पार गरेका सुधा र सोफियालाई द्वितीय र तृतीय घोषित गरिएको हो ।
४० वर्षमाथिको पुरुष विधामा नयन प्रथम हुँदा देवबहादुर बोहोरा द्वितीय र बाबुराम विश्वकर्मा तृतीय भए । मानन्धरले ३ घण्टा ५१ मिनेट १६ सेकेण्ड, बोहोराले ४ घण्टा १ मिनेट २५ सेकेण्ड र विकले ५ घण्टा ८ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गरेको खड्काले जानकारी दिए ।
प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । ४० वर्षमाथिको विधामा प्रथम हुनेले १० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार पुरस्कार पाए । ४० वर्षमुनिको विधामा सान्त्वना हुने दुई जना पुरुष प्रतियोगीले ५/५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाएका छन् । चौँथो भएका सुमन विक र पाँचौ भएका शिवप्रसाद थारुले उक्त पुरस्कार पाएका हुन् ।
पोखरा–२१ कमेरेबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघखोर, भालुडाँडा हुँदै पुनः कमेरेमा आएर साइकल दौड समापन भएको थियो । यो रुट दुई फन्को लगाएपछि दुरी पार भएको थियो । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गरेको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो