पोखरा । गण्डकी साहित्य संगमको १५ औं साधारण सभा तथा अधिवेशनबाट साहित्यकार भीम रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिएका छन् ।
संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिव नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चयन भएका छन् । त्यसैगरी नयाँकार्य समितिको सदस्यहरूमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय रहेका छन्। ११ सदस्यीय कार्यसमितिका दुई सदस्य पछि मनोनयन गर्ने जनाइएको छ ।
नव निर्वाचित अध्यक्ष भीम रानाभाटले प्रगतिवादी र प्रगतिशील वाङ्मयको उत्थानका लागि नयाँ कार्य समिति सक्रिय र क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे । रानाभाटले सबैलाई समेटेर प्रतिवादी साहित्यको उत्थान र विकासमा लाग्दै नयाँ संस्कार र संस्कृति निर्माणमा वाङ्मयिक कर्मीलाई क्रियात्मक अभियानमा आवद्ध गर्ने जनाएका छन् ।
संगमका अध्यक्ष डा.कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष पद्मराज ढकाल, वाम बुद्धिजीवीहरू झलक पाणी तिवारी, पीताम्बर नेपाली, यादवचन्द्र भुर्जेल, कृष्ण के.सी., यामबहादुर सुर्खाली, सन्तबहादुर घिसिङ, नुमराज बराल, छविलाल आचार्य, लक्ष्मण गौतम लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
वाम बुद्धिजीवी रामराज रेग्मीको संयोजकत्वमा रघुनाथ अधिकारी, नारायण परिश्रमी सदस्य रहको निर्वाचन समितिले भीम रानाभाटको अध्यक्षतामा नयाँ कार्य समिति गठनका लागि सर्व सम्मत रूपमा पहल गरेको थियो ।
विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको घनश्याम ढकाल कक्षमा आयोजित संगमको साधारण सभामा संगमका सचिव भीम रानाभाट र कोषाध्यक्ष विजया सुवेदीले पेश गरेको प्रतिवेदनहरू अनुमोदन गरेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’