पोखरा। निकै रोचक प्रतिस्पर्धाका बीच अमेरिकी टोली बीवाईएससीलाई ३-२ ले पराजित गर्दै २२ औं आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले उचालेको छ। पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा अमेरिकी टोली बीवाईएससीलाई पराजित गर्दै संकटाले उपाधि उचालेको हो। यसअघि संकटाले ०७७ मा पनि आहा रारा गोल्डकपको उपाधि उचालेको थियो ।
पहिलो हाफको सातौँ मिनेटमा संकटाका लागि सुरजज्यू ठकुरीले टोलीलाई अग्रता दिलाए। निशान खड्काको पोष्ट लक्षित लामो प्रहारलाई बीवाईएससीका गोल किपर तथा कप्तान पुजन थापा मगरले पन्च गरेर बचाउने प्रयास गरेकोमा ठकुरीले पुनः प्रहार गरेर जाली चुमाए। यस्तै, खेलको ३४ औं मिनेटमा संकटाले पाएको कर्नर बललाई सदुपयोग गर्दै सुनिल बलको प्रहारमा ओलामाउले गोल गरे ।
२-० ले पछि परेको बीवाईएससी दोस्रो गोल भएको तीन मिनेट पश्चात अर्थात् खेलको ३७ औं रेने स्यान्टिलनको गोलमा २-१ को नतिजा बनाउन सफल बन्यो। भने, ४७ औं मिनेटमा हेडरबाटै भुटनिजका विलिस ग्रिफिटले नतिजालाई २-२- को बराबरीमा ल्याउन सफल बने।
निकै रोमाञ्चक बनेको आजको खेलमा दर्शकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो।
दोस्रो हाफको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयमा संकटाका कप्तान सुनिल बलले गोल गर्दै टोलीलाई ३-२ गोल अन्तरको जित दिलाए। जितसँगै उपाधि उचालेको संकटाले १२ लाख प्राप्त गरेको छ भने, बीवाईएससीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन