पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिको आयोजनामा चोभार ब्लुज माथिको परिसंवाद शुक्रवार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रकाश सायमीले चोभार ब्लुजले नेपाली साहित्यमा नयाँ आयाम र अध्याय थपेको बताए ।
सायमीले कृति नामकरणमा आगन्तुक र वैदिक सनातन संस्कारले प्रभाव पार्दै आएको बेला बिक्रम भक्त जोशीको कृति यी दुवै अध्याय भन्दा अध्ययन र चिन्तनले माथि रहेको धारणा राखे ।
परिसंवादका सहजकर्ता साहित्यकार दीपक पराजुलीले चोभार ब्लुजका १९ वटा निकथा केन्द्रित विविध जिज्ञासा राखे । पराजुली र अन्य साहित्यकारका जिज्ञासामा केन्द्रित रहेर स्रष्टा बिक्रम भक्त जोशीले साहित्यमा राम्रा नराम्रा क्रिया र प्रतिक्रिया दुवैलाई आफ्नो पूँजीका रुपमा ग्रहण गर्ने बताए । उनले पोखराबाट पाएको अपूर्व माया र प्रतिक्रियाले आफूलाई आगामी यात्रामा थप प्रेरणा मिलेको धारणा व्यक्त गरे ।
आफ्नो निकथाका बारेमा राखेका जिज्ञासाबारे प्रकाश पार्दै जोशीले निबन्ध, नियात्रा र कथाको समीश्रण निकथा भएको प्रष्टयाएका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले बिक्रम भक्त जोशीको नेपाली साहित्य क्षेत्रको आगमन जीवन्त रहोस् भन्ने शुभेच्छा व्यक्त गरे ।
मदन पुरस्कार बिजेता साहित्यकार रामलाल जोशीले एउटा सुदूरको स्रष्टाले अर्को स्रष्टालाई पोखरामा भेट्न पाउनुलाई दुर्लभ सौभाग्यका रुपमा लिएको बताए ।
सोही समारोह बीच अनेसास गण्डकीले पूर्व बैंकर्स र इन्जिनियरिङको व्यक्तित्व नेपाली साहित्यमा नयाँ विधाको प्रणेताका रुपमा उदाएको भन्दै सम्मानसमेत गरेको छ । मदन पुरस्कार विजेता रामलाल जोशी, अध्यक्ष शाह र प्रमुख अतिथिले सम्मान अर्पण गरेका थिए ।
परिसंवादमा वरिष्ठ पत्रकार बद्री विनोद प्रतीक, कथाकार डा. अशोक थापा, छवि सुवेदी बिजयी, मेघनाथ कुँवरलगायतले पुस्तक केन्द्रित जिज्ञासा राखेका थिए ।
साहित्यकार दुर्गा न्यौपानेले दिग्गज स्रष्टासँगको साक्षात्कार, चर्चा परिचर्चाका कार्यक्रमले लेखनमा उर्जा मिलेको बताइन् । अनेसास गण्डकी महासचिव असफल गौतमले बिक्रम भक्त जोशीजस्ता स्रष्टा नेपाली साहित्य क्षेत्रले पाउनुलाई सौभाग्यका रुपमा लिनुपर्ने बताए ।
अध्यक्षको आसनबाट गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबाले पोखरामा आफ्नो नयाँ कृतिको परिसंवादको अवसर जुटाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर