पोखरा । नेपाली कांग्रेसनिकट नेपाल राष्ट्रिय मगर संघको दोस्रो गण्डकी प्रदेश अधिवेशन यही माघ १४ गते हुने भएको छ । दोस्रो अधिवेशनको तयारी तीव्र बनाइएको प्रदेश सभापति पदमबहादुर पुनले जानकारी दिए ।
यसअघि, पटक पटक मिति घोषणा भएर पनि स्थगित हुँदै आएको राष्ट्रिय मगर संघको प्रदेश अधिवेशन यसपटक माघ १४ गते शनिबार हुने भएको हो । अधिवेशनको उद्घाटन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सभापति पुनले जानकारी दिए । पुनका अनुसार अधिवेशनलाई सम्बोधन गर्न पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारी, गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेलगायतका नेताहरूको उपस्थिति रहनेछ ।
अधिवेशनमा १० जिल्लाका झण्डै पाँच सय प्रतिनिधि सहभागी हुने संघका कास्की जिल्ला सभापति महावीर थापाले जानकारी दिए । जसमा प्रत्येक गाउँपालिकाबाट १ महिला र २ पुरुष, नगरपालिकाबाट २ महिला र ३ पुरुष प्रतिनिधि सहभागी हुनेछन् । पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने अधिवेशन अघि लखनचोकमा रहेको नेपालका प्रथम शहीद कप्तान लखन थापामगरको शालिकमा माल्र्यापण गरी मगर संस्कृति झल्किने झाँकीसहितको ¥याली समेत निकालिने थापाले बताए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु