भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपको फाइनलमा

भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपको फाइनलमा

football-u-19

काठमाडौं । बंगलादेशमा जारी साफ यू –२० महिला फुटबल च्याम्पियनसिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेको छ ।

नेपालले मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो । बंगलादेशको राजधानी ढाकाको मुस्तफा कलम स्टेडियममा भएको खेलमा नेपालका लागि प्रिति राई, अञ्चली चन्द र अमिसा कार्कीले एक÷एक गोल गरेका थिए । भारतका तर्फबाट भने अपूर्ण नर्जारीले एक गोल गरेकी थिइन् ।

यो जितसँगै नेपालले तीन खेलमा छ अङ्क जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बङ्गलादेशसँग आउँदो बिहीवार खेल्नेछ ।

नेपाल पहिलो खेलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ४–० गोलले हराएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds