पोखरा । पोखरामा जारी नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता अन्र्तगत मंगलबार क्वाटरफाइनलका खेलहरु हुने भएका छन्। नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगितामा आइतबार तथा सोमबार लिग चरणका खेलबाट क्वाटरफाइनलमा छात्र तथा छात्राको ८/८ टोली प्रबेश गरेका हुन्।
मंगलबार बिहान करिब १०ः०० बजे पछि पोखरा एकेडेमी बिरुद्ध रेन्बो एकेडेमी बिच छात्र तर्फको खेल हुने भएको छ भने १०ः४५ बजे छात्रा तर्फ पोखरा एकेडेमीले पोखरा लर्नस एकेडेमीसंग सामना गर्ने भएको छ । त्यसै गरी मंगलबार बाँकी अन्य क्वाटरफाइनलका खेलहरु हुने भएको हो ।
मंगलबार छात्र तर्फको ६ खेल सम्पन्न भएको कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्र थापाले बताए । गण्डकी बोर्डिङ स्कुलले छात्र तर्फको पहिलो खेलमा वेलनन एकेडेमीलाई १६—४ को फराकिलो गोल अन्तरले पराजित गर्यो । अर्को खेलमा सरस्वती आर्दश बिद्याश्रमले सृजना मावि माथि १२—९ को जित दर्ता गर्यो । इडेन्स स्कुल र सरस्वती वोर्डिङ स्कुलले भने ७/७ गोलमै खेल बराबरीमा टुंगाए । अर्को खेलमा भने अल्फा एकेडेमीले वेलनन एकेडेमीलाई ७—५ कोे गोल अन्तरले पराजित गर्यो । सृजना माविले रेन्वो एकेडेमीलाई ८—६ कोे गोल अन्तरले पराजित गर्दा अर्को खेलमा पोखरा एकेडेमीको बीले सरस्वती बोर्डिङ स्कुललाई ८—४ कोे गोल अन्तरले पराजित गर्यो ।
उक्त प्रतियोगिता पोखरा रंगशालाको कभर्ड हल र ह्याण्डबल ट्रेनिङ सेन्टरमा संचालन भएको संघका सचिव टेक बहादुर गुरुङले बताए ।
फागुन ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता अन्र्तगत छात्र तर्फ १३ र छात्रा तर्फ भने ८ टिमको सहभागिता रहेको आयोजक कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । प्रतियोगिता अन्र्तगत साविक विजेता छात्र तर्फ माउन्ट अन्नपूर्ण स्कुल हो भने छात्रा तर्फ गण्डकी बोर्डिङ स्कुल हो ।
प्रतियोगितामा छात्र तथा छात्रा तर्फका विजेताले जनही १० हजार, उपबिजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको अध्यक्ष थापाले बताए ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगद सहित सम्मान गरिने भएको छ ।“स्वस्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुने उक्त खेलले बिद्यालयस्तरबाटै ह्याण्डबल खेलको विकास गर्न थप मद्धत पुग्ने अध्यक्ष थापाले बताए ।
महिला टोली उदउपुर प्रस्थान

यसैबिच उदयपुर वेलटारमा फागुन २ देखि ५ गतेसम्म संचालन हुने महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा सहभागि हुन कास्कीको टोली उदयपुर प्रस्थान गरेको छ । कोमली खड्काको कप्तानीमा उदयपुर प्रस्थान गर्नु पूर्व कास्की जिल्ला ह्याण्डबल संघले खेलाडीहरुको टोलीलाई यात्रा सहित प्रतियोगितामा सफलताको कामना गरेको छ ।
संघका सल्लाहकार राम बहादुर गुरुङ, बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ, संघका अध्यक्ष चित्र थापा सहितको टोलीले खेलाडीहरुको टोलीलाई प्रतियोगितामा सफलताको कामना गरेको हो । टोलीमा कप्तान खड्का सहित पुजा क्षेत्री, अस्मिता नेपाली, स्नेहाः पुन, मिना पुन, शाहिना पुन, सुजना पुन, जेनी तिलिजा, सम्झना पुन, रोशनी पुन, अनिशा रेग्मी, गंगा रोका रहेका छन्। प्रशिक्षकमा सुवास गुरुङ रहेका छन भने टिम व्यबस्थापकमा रन बहादुर कार्की रहेका छन्।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला