पोखरा । गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ शुक्रबार देखि पोखरा रगंशालाको आर्चरी खेल मैदानमा संचालन हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी सघको समन्वयमा र अन्नपुर्ण आर्चरी क्लबको ब्यबस्थापन संचालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको सह— आयोजक कास्की जिल्ला आर्चरी सघले जनाएको छ ।
यही फागुन ६ गतेसम्म दुई दिन चल्ने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, मनाड, म्याग्दी, पर्बत, बागलुड, र कास्की बाट करिब ८९ जना खेलाडीहरुको सहभागिता हुने अपेक्षा गरिएको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । प्रतियोगिता अन्र्तगत रिकर्ब ओपन पुरुष र महिला र स्टाण्डर्ट पुरुष तर्फ को ब्यक्तिगत खुल्ला प्रतिस्प्रर्धा हुने भएको अध्यक्ष शेरचनले जनाए । रिकर्ब ओपन ७० मी र स्टाण्डर्ट ३० मी को दुरीमा खेलाइने तयारी गरिएको छ ।
प्रतियोगितामा रिकर्ब ओपन पुरुष तर्फ विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुनेलाई १५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्रको व्यबस्था गरिएको छ । रिकर्ब ओपन महिला तर्फ विजेतालाई भने १५ हजार, उपविजेतालाई १० हजार र तेश्रो हुनेलाई ५ हजार प्रदा गरिने भएको छ । स्टाण्डर्ट पुरुष तर्फ विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई १० हजार प्रदान गरिने भएको छ । उक्त अवसरमा ६० बर्ष भन्दा उमेर समुहका खेलाडीहरु (भेट्रान्स) को प्रतिस्प्रर्दा हुने भएको छ । भेट्रान्स पुरुष तर्फ प्रथम हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने संघले जनाएको छ । उक्त प्रतियोगितामा भेट्रान्स तर्फ ८७ बर्षका मिन बहादुर शेरचन र ६९ बर्षका हरिध्वज तुलाचन समेत सहभागि हुने भएको अध्यक्ष शेरचनले जनाए ।
प्रदेश खेलकुद परिषदको बार्षिक कार्यक्रम अन्र्तगत आयोजना हुने उक्त प्रतियोगितामा मुख्य आर्थिक सहयोगीको रुपमा नेपाल ईन्भेष्टमेन्ट मेघा बैकं र पोखरा महानगरपालिका रहेको संघले जनाएको छ । बिगत १० बर्ष देखी आर्चरी प्रतियोगितालाई उक्त बैंकले निरन्तर आर्थिक सहयोग गर्दै आएको छ भने यस बर्ष देखी पोखरा महानगरपालिकाले समेत सहयोग गर्ने भएको हो ।
यसैबिच, शुक्रबार दिउँसो १ः३० बजे गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङबाट उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला