पोखरा । पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा सोमबार (आज) देखि आठौं संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । फुटवल खेलको विकास गर्ने उद्धेश्यले यही फागुन ८ देखि १३ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लवले जनाएको छ ।
सोमबार पहिलो खेल आयोजक संगम क्लव र सत्य युवा क्लव बी थट्टीन बिच हुने भएको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए । त्यसै गरी सोमबार नै सितल ज्योति क्लव र एल.जी.एशोसीयसन बिच दोश्रो खेल हुने भएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संयोजक मायाले बताए । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीमा आबद्ध भएका क्लवहरु बिच मात्र प्रतिष्प्रर्धा हुने उक्त प्रतियोगिताबाट कास्कीको टिम तयार पार्न २५ जना खेलाडीहरु छनौट समेत गरिने भएको उनले बताए ।

प्रतियोगिताका विजेतालाई १ लाख ७५ हजार, उपविजेतालाई १ लाख साथमा ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने भएको क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले बताए । तल्लो स्तरबाटै फुटवल खेलको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगितालाई क्लवले निरन्तर रुपमा आयोजना गर्दै आएको उनले जनाए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिड फिल्डरलाई जनहि ५÷५ हजार पुरस्कार प्रदान गरिने भएको छ । संगम क्लवले २०६८ मा जिल्लामा छनौट भई राष्ट्रिय लिग समेत खेलेको थियो । क्वाटरफाइनलबाट हरेक खेलमा म्यान अफ दी म्याचलाई ट्रफीको साथमा एक हजार रुपैया समेत प्रदान गरिने भएको छ । पुर्व खेलाडी संगम क्बलका संस्थापक सदस्य एवं कप्तान समेत रहेका बिल तामाङको स्मृतिमा क्लवले उक्त फुटवल प्रतियोगिता संचालन गरेको हो ।
यसैबिच, सोमबार उक्त प्रतियोगिताको एक समारोहका बिच दिउँसो १ः०० बजे कास्की जिल्ला फुटवल संघ (एन्फा) का अध्यक्ष उज्जल रन्जितबाट उद्घाटन हुने कार्यक्रम तय गरिएको क्लवले जनाएको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो