नेपालले चार वटै खेलमा अपराजित हुँदै घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज जितेको छ ।
मंगलबार भएको सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले अपराजित हुँदै सिरिज जितेको हो । नेपालले घरेलु मैदानमा भएको यो सिरिजको चारै खेलमा जित निकाल्न सफल भएको हो ।
एकदिवसीय क्रिकेटमा नेपालले लगातार चार खेलमा जित निकालेको यो पहिलो पटक हो । जितसँगै नेपालले लिग २ मा २८ खेल खेलेको नेपालले २६ अंक जोडेको छ । नेपाललाई अब एकदिवसीय मान्यता जोगाउन आठ खेलमध्ये ५ खेलमा जित आवश्यक छ । नेपालले १२ मा जित तथा १४ खेलमा हार बेहोरेको छ । यस्तै स्कटल्याण्डले ३६ खेलमा ५० अङ्क जोड्दै शीर्षस्थान रहँदै लिग–२ टुङ्ग्याएको छ । स्कटल्याण्ड लिग–२ को च्याम्पियनसमेत बनेको छ । यस्तै जारी सिरिजमा चारवटै खेलमा पराजित भएको नामिबियाले हालसम्म ३४ खेल खेल्दै ३७ अङ्क जोडेको छ । नामिबिया लिग–२ को तेस्रो स्थानमा छ ।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले ९५ रनको अर्धशतकीय पारी खेले । १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै, करण केसीले ३१ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल १७ र आसिफ सेखले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटल्यान्डका लागि मार्क उटले तीन विकेट लिए । त्यस्तै क्रिस ग्रेवासले दुई विकेट हात पारे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । त्यस्तै करण केसीले तीन विकेट लिँदा सोमपाल कामी र ललित नारायण राजवंशीले एकएक विकेट लिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’