पोखरा । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटी २-अन्डर ६७ सहित शीर्षस्थानमा रहेका छन्।
पोखरा स्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरूङलाई तीन स्ट्रोकले पछि पारे। सञ्जय र प्रज्वल १-ओभर ७० स्कोर गर्दै संयुक्तरुपमा दोस्रो स्थानमा छन्।
दल बहादुर लामा, रामे मगर र राष्ट्रिय टिमका सदस्य एमेच्योर खेलाडी सद्भाव आचार्यले २-ओभर ७१ सहित चौथो स्थान बाँडे। १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता एमेच्योर खेलाडी सुबाश तामाङ र प्रो धन बहादुर थापाले ३(ओभर ७२ को स्कोर कार्ड बनाए। दुवै खेलाडी संयुक्तरुपमा सातौं स्थानमा छन्। यसैगरी ४-ओभर ७३ स्कोरकासाथ नेपाल नम्बर एक शुक्र बहादुर राई, दिनेश प्रजापति, कमल तामाङ तथा एमेच्योर गल्फरहरू महेन्द्र फगामी र सुरेश तामाङ संयुक्तरुपमा नवौं स्थानमा छन्।
नेपालकै कठिन मानिने हिमालयन गल्फ कोर्समा सहभागी ४५ खेलाडी मध्ये भुवनले मात्र अन्डर पारमा खेल सकाए। पहिलो होलमा बोगीको सामना गरेपनि चौंथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि १०औं, १३औं र १७औं होलमा एक-एक सट बचाए भने १३औं र १६औं होलमा बोगी खेपे। उनले ब्याक नाइन १-अन्डर ३४ मा पुरा गरे। यसरी उनले दिनकै उत्कृष्ट २-अन्डरको स्कोर कार्ड बनाए।
सञ्जय लामाले दोस्रो होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। यसपछि १५औं होलमा बर्डी प्रहार गरेपनि १६ औं होलमा एक सट खेर फल्दै ब्याक नाइन इभन-पार ३५ मा पुरा गरे। प्रज्वल गुरूङले राम्रो सुरुवात गर्दै चौंथो, पाँचौ र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। आठौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन २-अन्डर ३२ को नतिजामा सकाए। ब्याक नाइनमा लय गुमाउँदा १२औं, १५औं, १६औं र १८औं होलमा चारवटा बोगी खेपे। १४औं होलको बर्डीले ब्याक नाइन ३-ओभर ३८ मा सकाए।
पहिलो दिनको खेलमा ९० वा सो भन्दा माथि स्कोर गरेका तीन एमेच्योर खेलाडी विदुर तामाङ, प्रकाश गुरुङ र जितेन्द्र राई प्रतियोगिताबाट बाहिरिएका छन्।
५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। ३६ होलको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलको लागि कट बनाउनेछन्। प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा सञ्चालन भैरहरको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहेने अन्य व्यवसायीक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन्। शनिबार हुने प्रो-एमसँगै प्रतियोगिता सकिनेछ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो