पोखरा । पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता २०७९ अन्र्तगत शुक्रबार सेमिफाइनलका २ खेलहरु हुने भएका छन् । पोखरा रंगशालाको फुटबल मैदानमा शुक्रबार पहिलो खेल मध्यान्हः १२ः०० बजे एल.जीं. एशोसियसन र भ्याली स्पोट्र्स क्लव बिच हुने भएको छ ।
दोश्रो खेल भने दिउँसो २ः०० बजे पछि नव आर्दश सामुदायिक विकास समाज र सहारा क्लव बिच खेल हुने भएको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए ।
विहिबार ४ वटा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको प्रतियोगिताका म्याच कमिस्नर खिम बहादुर गुरुङले बताए । विहिबार भएको पहिलो क्वाटरफाइनल खेलमा एल.जी.एशोसीयसनले आयोजक संगम क्लवलाई ५—० को एकतर्फी फराकिलो गोल अन्तरले पराजित गर्यो ।
एल.जी.को जितमा आसिस गुरुङले ह्याट्रिक, संजय जलारीले खेलको ३५ औं मिनेटमा र कृष्ण गुरुङले खेलको ६८ औं मिनेटमा एक एक गोलको योगदान दिए । म्यान अफ दी म्याच घोषित भएका आसिसले खेलको १९, २६ र पहिलो हापको इन्जुरी समयमा गोल गरेका हुन्।
दोश्रो खेलमा भ्याली स्पोट्र्स क्लवले ए पेक्सको समुहलाई ४—१ को गोल अन्तरले पराजित गर्यो । भ्यालीको जितमा खेलको ५ औं मिनेटमा आयुष थापाले एक, खेलको ११ औं मिनेटमा अजय श्रेष्ठले एक, खृलमा म्यान अफ दी म्याच समेत घोषित भएका संजय तामाङले खेलको २७ औं मिनेटमा गोल गरे भने खेलको ५२ औं मिनेटमा फोनस कार्कीले गोल गरे । ए पेक्सका अस्विन गुरुङले खेलको पहिलो हापको इन्जुरी समयमा गरेको गोल शान्त्वनामा परिणत भयो ।
तेश्रो क्वाटरफाइनल खेलमा नव आर्दश सामुदायिक विकास समाजले बिष्णुपादुका क्लवलाई ५—३ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो । नव आर्दशको जितमा सोवित भण्डारीले खेलको ३० र ६८ औं मिनेटमा, अनुज भण्डारीले पनि खेलको ५५ र ६६ औं मिनेटमा तथा किशोर गुरुङले खेलको ५२ औं मिनेटमा एक गोल गरे । बिष्णुपादुकाका सुविन श्रेष्ठले खेलको २०, सविन नेपालीले खेलको ४३ र अंकित गुरुङले दोश्रो हापको इन्जुरी समयमा गोल गरे । खेलमा नव आर्दशका अनुज म्यान अफ दी म्याच घोषित भए ।
निकै प्रतिष्प्रर्धामा अन्तिम क्वाटरफाइनल खेलमा सहारा क्लवले सडेन डेथमा भण्डारढिकको आर्दश युवा क्लबलाई पराजित गर्यो । ७० मिनेटको निर्धारित समय र थपिएको २० मिनेटको अतिरिक्त समयमा दुबै तर्फ गोल हुन नसके पछि टाईब्रेकरमा पनि दुबै तर्फ समान ३/३ गोल भए पछि खेल सडेथ डेथमा पुगेको हो । आर्दश क्लवका सुमन श्रेष्ठको सडेन डेथमा प्रहार गरेको पेनाल्टी सुट मिस हुदा प्रतियागिताबाट बाहिरिनु पर्यो । सहाराका सुमिन पुनले सडेन डेथको पेनाल्टी सुटमा गोल गरे । सहाराका गंग गुरुङ, संगम कार्की र जीवन रायमाझीले टाईब्रेकरमा गोल गरे भने सरोज गुरुङ र भगवत चौधरीको पेनाल्टी सुट विपक्षि गोलरक्षक रोमन थापा मगरले उत्कृष्ट बचाउ गरे ।
आर्दश क्लवका सुदिप गुरुङ र अन्जन मगरको टाईब्रेकरमा प्रहार गरेको पेनाल्टी सुट विपक्षि गोलरक्षक असोक रेग्मीले उत्कृष्ट बचाउ गरे । आर्दशका अमृत मगर, विकास परियार र सुजवाल गुरुङले टाईब्रेकरमा गोल गरे । सडेन डेथमा सहारका अनिस श्रेष्ठ र आर्दशका लाक्पा तामाङको पेनाल्टी सुट बाहिरिएको थियो । खेलमा सहाराका गोलरक्षक असोक रेग्मी म्यान अफ दी म्याच घोषित भए । क्वाटरफाइनलमा म्यान अफ दी म्याच घोषित खेलाडीहरुलाई ट्रफीको ‘साथमा नगद एक हजार प्रोत्साहन स्वरुप प्रदान गरिएको आयोजक संगम क्लवका अध्यक्ष नरेन्द्रजंग गुरुङले बताए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो