पोखरा । तेश्रो शितल ज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक शितल ज्योति युवा क्लवले विजयी सुरुवात गरेको छ । पोखराको अम्मरसिंह खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा आयोजक शितल ज्योतिको जुनियर समुह बी टिम ले सागर फुटवल क्लवलाई टाईब्रेकरमा ३—१ को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
२०÷२० मिनेटको निर्धारित समयमा दुबै तर्फ एक÷एक गोलले खेल बराबरीमा पुगे पछि खेल टाईब्रेकरमा धकेलिएको हो । शितल ज्योतिको जितमा टाईब्रेकरमा प्रतिक गुरुङ, गोपाल गुरुङ र प्रशान गुरुङले गोल गरे । सागर एफ.सी.का याम गुरुङको टाईब्रेकरमा प्रहार गरेको सुट गोल हुन सकेन भने रोसन गुरुङले प्रहार गरेको पेनाल्टी सुटमा गोल भएको थियो । शितल ज्योतिका गोपाल गुरुङले र सागर एफ.सी.का याम गुरुङले निर्धारित समयमा एक÷एक गोल गर्दा खेल बराबरीमा पुगेको थियो ।
आइतबार बिहान ८ः०० बजे देखि पहिलो चरणको खेल सुरु हुने भएको प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । उनका अनुसार आइतबार ६ वटा खेलहरु हुने भएको छ । यही फागुन २७ गतेसम्म चल्ने उक्त प्रतियोगिताको एक समारोहका बिच शनिबार उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बाँस्तोलाले यस्ता खेलकुद गतिविधिले युवाहरुलाई सक्रिय बनाउने बताए । क्लवले सामाजिक कार्यसंगै खेलकुद क्षेत्रमा निरन्तर विभिन्न कार्यक्रम गर्दै आएकोमा उनले प्रशंसा समेत गरे । क्लवका आजिवन संरक्षक टिका बहादुर कार्कीले क्लवले अब सेभेन ए साइड फुटवलबाट माथि उठेर फुटवल प्रतियोगिता आयोजना गर्न तर्फ केन्द्रित हुन सुझाव दिए । क्लवका अध्यक्ष नर प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा हिमाली साँस्कृतिक परिवारको स्वागत नृत्य समेत प्रस्तुतः गरिएको सचिव पुर्ण गुरुङले बताए ।
प्रतियोगितामा २९ टिमको सहभागिता भएको संयोजक सन्तोष गुरुङले बताए । प्रतियोगिताका बिजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाको साटमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने भएको उनले जनाए । सेमिफाइनलमा प्रबेश गर्ने टिमलाई १० हजार, प्रतियोगिताको क्वाटरफाइनलबाट म्यान अफ दी म्याच घोषित गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिने भएको क्लवका अध्यक्ष नर प्रसाद गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारको साथमा ट्रफी प्रदान गरिने भएको छ ।
उक्त प्रतियोगितामा क्लवका पूर्व खेलाडी स्वर्गीय किरण खड्का परिवारबाट पहिलो पुरस्कार प्रायोजन गरेको छ भने द्धितिय पुरस्कार पोखरा १२ को वडा कार्यालय रहेको क्लवका सचिव पुर्ण गुरुङले बताए । यस अघि पूर्व खेलाडी स्वर्गीय किरण खड्काको स्मृतिमा उक्त प्रतियोगिता संचालन भएको क्लवले जनाएको छ । स्थानिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङले बताए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान