पोखरा । नेत्र हिन क्रिकेट संघ कास्कीको आयोजनामा आज (शनिबार) देखि पोखरामा प्रशिक्षण सुरु भएको छ । गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा पाँच दिन चल्ने उक्त प्रशिक्षणको एक समारोहका बिच शनिबार प्रदेश खेलकुद परिषदका सदस्य एवं नेत्र हिन क्रिकेट संघका केन्द्रिय महासचिव अमृत बरालले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै उनले शारीरिक रुपमा कुनै न कुनै रुपमा अपाङ भए पनि अवसर प्रदान गरेको खण्डमा उनीहरुले समाजमा उदाहरणीय कार्य गर्न सक्ने दाबी गरे । नेतृत्व विकास, पत्रकारिता, गमनशिलता लगायतको बिषयमा प्रशिक्षण हुने भएको छ भने नेत्रहिन महिला क्रिकेट खेलाडी छनौट समेत हुने भएको संघका केन्द्रिय सचिब निलकण्ठ तिमिल्सिनाले बताए ।
क्रिकेटका प्रशिक्षक रिजन प्रजु, नेत्र हिन संघका केन्द्रिय महासचिव शिशिर खनाल, नेत्र हिन युवा संघ कास्कीका अध्यक्ष सुर्य भट्टराई लगायतले प्रशिक्षण गराउने भएका छन भने आउदो वैशाख १२ र १३ गते भारतसंग हुने टि ट्वान्टी दृष्टिविहिन महिला क्रिकेट प्रतियोगिताको लागि खेलाडी छनौट समेत हुने भएको हो । यस अघि भएका अन्तराष्ट्रिय दुई खेलमा वेलायत र पाकिस्तानलाई नेपालको दृष्टिविहिन महिला क्रिकेट टोलीले पराजित गरेको छ । संघका अध्यक्ष अक्षय खड्कीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको सचिव शेरजंग गुरुङले बताए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’