पाेखरामा कालिज फर्ममा पसेकाे चितुवाकाे आक्रमणबाट २ युवक घाइते

पाेखरामा कालिज फर्ममा पसेकाे चितुवाकाे आक्रमणबाट २ युवक घाइते

चितुवा ज्ञ

पोखरा-१८ भकुण्डेमा चितुवाको आक्रमणबाट २ युवक घाइते भएका छन् । त्यहाँ रहेको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार बिहान चितुवा पसेकाे हाे ।

चितुवाले फर्ममा काम गर्ने २८ वर्षका श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षका राजेश तिमिल्सनालाई आक्रमण गरेको थियो । आक्रमण पश्चात झाडीमा पसेको चितुवा भने मृत अवस्थामा भेटिएको प्रहरीले जनाएकाे छ । तिमिल्सिनालाई चितुवा फर्मबाट फर्कने क्रममा  आक्रमण गरेको थियो ।

घाइते ठकुरीको स्थानिय मेडिकलमा उपचार गरिएको छ भने तिमिल्सनाको पोखरा मेट्रोसिटि अस्पतालमा उपचार भएको छ । दुवै घाइतेको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जाेशीले जानकारी दिए ।  प्रहरीका अनुसार उनीहरुको अनुहार र आँखामा कोतरिएको छ ।

आक्रमणबाट फर्ममा रहेका दुईवटा कालिज समेत मरेको छ । चितुवालाई नियन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी र बन कार्यालयको टोली खटिएको थियो ।

मृत चितुवालाई बन कार्यालयको टोलीको जिम्मा लगाइएको छ । चितुवा नियन्त्रणका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको नेतृत्वमा ७ जनाको टोली खटिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds