बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका– ७ मल्म, बागलुङले संस्थाको ३८ औं वार्षिकोत्सव तथा ऐतिहाँसिक होली पूर्णिमा मेला २०७९ को समीक्षा गर्दै आय व्यय सार्वजनिक गरेको छ ।
‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक्रम सहित आफनो ३८ औं वार्षिकोत्सव तथा होली मेला २०७९ आयोजना गरेको थियो ।
समिक्षा तथा आय व्यय सार्वजनिक कार्यक्रममा होली मेलामा यस वर्ष आम्दानी नगद ६ लाख ३५ हजार ७ सय ७६ र खर्च ४ लाख ५३ हजार ४ सय १० र खुद बचत नगद १ लाख ८२ हजार ३ सय ६६ भएको कोषाध्यक्ष सन्त भण्डारीले आर्थिक विवरण प्रस्तुत गरेका थिए।
समिक्षा कार्यक्रममा २०७९ को होली मेला विगतमा भन्दा धेरै राम्रो, कम खर्चमा स्तरिय मेला, यसपटक मेलामा दर्शकको उल्लेख्य उपस्थिती, सबै कार्यक्रमहरुको व्यवस्थापन पक्ष चुस्त दुरुस्त रहनुका साथै सौहार्द वातावरणमा सम्पन्न भएको समिक्षा गरिएको संस्थाका अध्यक्ष थम्मन थापाले जानकारी दिए।
सो अवसरमा होली मेला सफल पार्न सहयोग गर्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, प्रायोजक, कलाकार, पत्रकार, सञ्चार माध्ययम, खेलाडी, प्रतियोगी, महिला समुहहरु, युवाहरु, दर्शकहरु, सहयोगदाता, कार्यसमिति, सल्लाहकार, स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए