पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. दुईको वेब जिआइएस उपयोगिता ब्यबस्थापन र मेट्रिक हाउस नम्बरीङ प्रणालीको काम सम्पन्न भएको छ । बुधबार वडा कार्यालय भवनमा एक प्रस्तुतीकरण कार्यक्रम मार्फत सो जानकारी गराइएको हो ।पश्चिमान्चल इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरमा जियोम्याटिक्स इन्जिनियरिङ अध्ययनरत बिद्यार्थीद्वारा यस प्रोजेक्ट निर्माण सम्पन्न भएको हो।
यस प्रोजेक्ट मार्फत वडामा रहेका हरेक घरहरुको नम्बरीङ मेट्रिक प्रणाली मार्फत गरिएको छ भने वडा भित्र रहेका सडक,खानेपानी,बिजुली लगायतका उपयोगिताको बास्तबिक स्थिति समेत जानकारी पाउन सकिने छ । उक्त कार्यको ब्यबस्थापन प्रभाबकारी रुपमा छिट्टै जनासेवामुखी बनाइने गाउँपालिकाले जनाएको छ ।
इन्जिनियरिङ पढ्ने बिद्यार्थीले समुदायमा प्रत्यक्ष प्रभाब पार्ने र तत्काल कार्यान्वयन गर्न सकिने यस किसिमका प्रोजेक्ट बिकास गर्नु सर्हाहनिय काम भएको सूचना प्रबिधि अधिकृत ई. सूर्य तिमिल्सिनाले बताए । वेबमा आधारित यस पोर्टललाई आवश्यक प्राबिधिक तयारी सहित छिट्टै कार्यान्वयनमा लैजाने उनको भनाई छ ।
इन्जिनियरिङ अध्ययन संस्थानले प्रोजेक्टको लागि आफ्नो वडा छनौट गरेकोमा वडा नं. २ का वडाध्यक्ष पिताम्बर भण्डारीले धन्यवाद व्यक्त गरे । यस पाइलट प्रोजेक्टलाई वडाले अपनत्व लिई उपयोगिता कार्यान्वयनमा लैजाने समेत उनले बताए ।
यस प्रोजेक्टले खानेपानी,सडक,बिजुली,इन्टरनेट,राजश्व जस्ता क्षेत्रमा सहयोग पुर्याउने गरी नमूना कार्य थालनी गर्न पाउँदा अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सी. ले खुशी व्यक्त गरे । आगामी दिनमा अन्य वडामा समेत बिस्तार गरिने उनले बताए ।

बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सी.,उपाध्यक्ष चन्द्रकला अधिकारी , प्रमुख प्रशासकीय अधिकृत खेमराज देबकोटा लगायत अन्य कर्मचारी , इ.अ.स. पश्चिमान्चल क्याम्पस जियोम्याटिक्स बिभागका विभागीय प्रमुख विकास शेरचन , जियो म्याटिक्स इन्जिनियरिङ अन्तिम बर्षमा अध्ययनरत बिद्यार्थीहरु ,बिभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरु उपस्थित थिए ।
वडा नं. २ का वडाध्यक्ष पिताम्बर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम विपद शाखा प्रमुख नारायण क्षेत्रीले संचालन गरेका थिए भने प्रणालीको बारेमा प्रस्तुतीकरण इन्जिनियरिङका बिद्यार्थी प्रकाश घर्ती मगर र सुनिल भट्टराईले गरेका थिए ।

यो प्रोजेक्ट जियो म्याटिक्स इन्जिनियरिङ अन्तिम बर्षमा अध्ययनरत बिद्यार्थीहरु प्रकाश घर्ति मगर,सुनिल भट्टराई,मनिष अधिकारी, बिबेक शर्मा, राजेन्द्र राज पौडेल र प्रविन दासले आफ्नो एकेडेमिक अन्तिम वर्षको प्रोजेक्ट वर्क अन्तर्गत बिकास गरेका हुन् । यस प्रोजेक्टलाई पश्चिमान्चल क्याम्पसकै प्रोफेसर डा. कृष्ण प्रसाद भण्डारीले सुपरिबेक्षण गरेका थिए ।
पछिल्लो समय अन्नपूर्ण गाउँपालिकाले नमूना पालिकाको रुपमा बिकास गर्न सूचना प्रबिधि र शुसासनलाई जोड दिंदै बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला