पोखरा । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँच दिनको नवजात शिशुसहित ५ जनाको मृत्यु भएको छ।
सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको सदरमुकाम खलंगा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सानीभेरी गाउँपालिका–५ का ४८ वर्षीय देउचन खत्री, ७० वर्षीय कर्ण बाँठामगर, बाँफीकोट गाउँपालिका–८ की २२ वर्षीया रेखा केसी खनाल र उनका २२ दिनको छोरा रोशन केसीको मृत्यु भएको हो। त्यस्तै, सानीभेरी गाउँपालिका ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई हेलिकप्टरमार्फत् उपचारका लागि
कैलालीको नेपालगञ्ज शिक्षण अस्पताल लगिएको छ। सानीभेरी गाउँपालिका–५ का ४० वर्षीय प्रेम बाँठा मगर, २२ वर्षीय ललित बाँठा मगर, २ वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसीको नेपालगञ्जमा उपचार भइरहेको छ । अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, चारजना घाइते
भीमफेदीको जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु
भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो