पोखरा । पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ गरिएको छ ।
सोमबार एक कार्यक्रमका विच पोखरा–१७ बिरौटामा कार्यालय रहेको सहकारीको कृषि तथा भुमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले शुभारम्भ गरेका हुन् । उनले कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडी बढाएर लगानी मैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई कानून मार्फत नियमन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सहकारीले महिलाहरुमा शिक्षा, उद्दमशीलताका क्षेत्रमा सकारात्मक परिवर्तन भएको भन्दै यसलाई दिगो बनाईराख्न सरकार सकारात्मक रहेको बताए । सहकारीका क्षेत्रमा पछिल्लो समय ठगी खाने गिरोह सक्रिय रहेको भन्दै उनीहरुलाई नियन्त्रण गर्न सरकारलाई सुझाव दिन सो अवसरमा आग्रह समेत गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका सदस्य विना लोहनी, मुक्तिनाथ विकास बैंक बिरौटाका शाखा प्रमुख डम्बर बहादुर कार्की, सल्लाहाकार संयोजक परमेश्वर आचार्यले राम्रो ब्यवस्थापन गरेर अगाडी जान र उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
सहकारीका अध्यक्ष दुर्गाकुमारी आचार्यले कृषि र पर्यटन क्षेत्रलाई आधार बनाएर स्थापना भएको सहकारी गण्डकी प्रदेशकै पहिलो सहकारी भएको दावी गरिन् । उनले विषम परिस्थितिमा स्थापित सहकारीले सेयर सदस्यहरुको लगानीलाई सुरक्षित गर्ने हिसावले जोखिमयूक्त क्षेत्रका लगानीलाई निरुत्साहित गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा सहकारी अध्यक्ष समाज (कोप्स)का अध्यक्ष डिल्लीराम बराल, गोल्डेन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण बराल, निलगिरी बचत तथा ऋण सहकारी संस्थाका लेखनाथ बराल, अग्रसर बचत तथा ऋण सहकरी संस्थाका सचिव कमला शर्माले सहरकारी संस्थाहरुको चेकले सरकारी मान्यता प्राप्त गर्न अझै नसकेको भन्दै यसलाई सहजीकरण गरिदिनका लागि आग्रह गरे ।
कार्यक्रममा सेयर सदस्य सिता काफ्ले, कृष्णमुरारी आचार्य, नगेन्द्र शर्मा, सञ्चालक सदस्य रेखादेवी शर्मा लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष दुर्गाकुमारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राजकुमार लामिछानेले र सञ्चालन सह–सचिव सावित्रा पौडेलले गरेका थिए् ।
पोखराको विरौटाचोकमा कार्यालय रहेको सहकारीमा १६८ जना सेयर सदस्य रहेका छन् भने २ करोड ७८ लाख ७५ हजार सेयर पुँजी रहेको संस्थाका व्यवस्थापक देवी थापा खत्रीले जानकारी दिइन् ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ