लमजुङ । लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी भागेका छन् । बिहीबार राति साँढे १ बजे कारागारको पर्खाल नागेर कैदीबन्दी भागेको लमजुङ कारागारले जनाउको छ ।
कारागारका अनुसार लमजुङको मध्यनेपाल नगरपालिका– ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका– ३ घट्टेखोला घर भइ पोखरा महानगरपालिका– १६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेका छन् ।
बेसीसहर नगरपालिका– ८ शेरामा रहेको कारागारबाट फरार भएका कैदीबन्दीको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक (डिएसपी ) प्रकाश श्रीमलको कमाण्डमा प्रहरी खटिएका छन् ।
विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
उनीहरुको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
काठमाडौँमा प्रहरी जवान शंकास्पद अवस्थामा मृत फेला
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
कञ्चनपुरमा ढुंगाले हानेर पूर्वशिक्षकको हत्या
पोखरामा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ
पोखरामा लागुऔषध गाँजा सहित एक जना पक्राउ
ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी नियन्त्रणमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग