पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवमा गाउँस्तरीय पुरुष भलिबल र खुल्ला बास्केटबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।
गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा घान्द्रुक रातो र उरी बीच भएको खेलमा उरी विजयी भएको छ । उरीले घान्द्रुक रातोलाई २५–२० र २५–२२ ले पराजित गरेको छ । दोस्रो खेलमा किम्चे रातोले किम्चे निलोलाई सोझो सेटमा पराजित गरेको । किम्चे रातोले किम्चे निलोलाई २५–१८ र २५–२३ ले पराजित गरेको हो ।
तेस्रो खेलमा क्ल्युले घान्द्रुक निलोलाई सोझो सेटमा नै पराजित गरेको छ । क्ल्युले पहिलो सेट २५– र २५–१६ ले घान्द्रुक निलोलाई पराजित गरेको हो ।

चौथो खेलमा बाबियोडाँडाले भुका गाउँलाई सोझो सेटमा पराजित गरेको छ । बाबियोडाँडाले भुका गाउँलाई २५–२२ र २५–२२ ले पराजित गरेको हो ।
पाँचौ खेलमा ठाँटीले उरीलाई सोझो सेटमा नै पराजित गरेको छ । ठाँटीले उरालाई २५–१६ र २५–२१ ले पराजित गरेको हो ।
खुल्ला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
बास्केटबलतर्फ क्वाटरफाइलनको खेल जारी
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा आयोजित खुल्ला बास्केटबल प्रतियोगिता क्वाटरफाइनलको खेल सुरु भएको छ ।
पहिलो क्वाटरफाइनल खेलमा स्याउलीबजारले भेन्ट्रास घान्द्रुकलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ । स्याउली बजारले ४६–२२ को अङ्कमा भेन्ट्रास घान्द्रुकलाई पराजित गर्दै सेमिफाइलनमा स्थान पक्का बनाएको हो ।
दोस्रो क्वाटरफाइनल खेलमा मार्दी खोला (सुन्तला)ले घान्द्रुक रातोलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ । मार्दी खोलाले घान्द्रुक रातोलाई ५५–३० अङ्कले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलको तेस्रो खेल चितवन र सेन्चुरी युवा क्लब र चौथो क्वाटरफाइनल खेल घान्द्रुक सेतो र मार्दी खोला निलोबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
११ समूहको सहभागिता रहेको बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । महोत्सव अवधिभर पर्यटकहरुलाई घान्द्रुकमा २० प्रतिशत छुट दिएको छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको आयोजकले जनाएको छ ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन महोत्सवको अन्तिम दिन जेठ २० गते सञ्चालन हुने आयोजकले जनाएको छ ।
जेठ २० गते म्याराथन प्रतियोगितामा सञ्चालन हुनेछ । म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला