पोखरा। बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा – ३३ भरतपोखरीमा निःशुल्क स्वास्थ्य शिविर एवम् आँखा जाँच सम्पन्न भएको छ । शिविरमा १ सय ६० जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका सदस्य सुजन आचार्य र मनु कार्कीले जानकारी गराएका छन् ।
मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले जनरल मेडिसिन, छाती रोगसम्बन्धी र आँखा जाँच सम्बन्धि चिकित्सीय सेवा उपलब्ध गराएका थिए । सहायक बजार प्रबन्धक खिम लमिछानेले मनिपाल शिक्षण अस्पतालको सामुदायिक उत्तरदायित्व अन्तर्गत समाजका बिभिन्न स्थानहरुमा सामाजिक संस्थानहरूको अनुरोधमा निशुल्क स्वास्थ्य शिविरको लागि आवश्यक पर्ने दक्ष जनशक्ती र औषधीहरु उपलब्ध गराउदै आइरहेको बताए ।
समाज कल्याण परिषद स्वास्थ कोषको सहकार्यमा सञ्चालित उक्त शिविर मधुमेय तथा थाइराइढ रोग विषेशज्ञ डा. रमेशराज आचार्यले ९६ वर्षीय जेष्ठ नागरिक झम्कनाथ आचार्यको स्वास्थ्य जाँच गरेर कार्यक्रमको उद्दघाटन गरेका थिए । समाजकल्याण परिषद राष्ट्रिय स्वास्थ्य कोषकी सचिव सुनिता भण्डारीले जेष्ठ नागरिकहरुको उचित हेरचाह गर्नुका साथै उनिहरुसँग भएको ज्ञान सिपलाई नाति पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।
शिविरमा मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमा कार्यरत डा प्रविना अर्याल, डा. कृष्ण आचार्य, डा रितु श्रेष्ठ, डा लक्ष्मण तिमिल्सिना, डा शम्भु सिंह, डा सुरेन्द्र के.सि. नर्स सजिना थापा, नर्स ओशिन पुर्जा र फार्मिस्ट तारा देवि राना लगाएतको प्राविधिक सहयोग बाट १ सय ७६ जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए ।
साथै शिविरमा श्री शान्ति उदय माविका १ सय ७५ जना छात्राछात्रहरु लगाएत ३ सय ५० जनाको आँखा जाँच समेत गरिएको थियो ।
पवित्र आमा समुह, गैरी भञ्ज्याङ्ग काफलडाँडा बन उपभोक्ता समुह, बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र, ज्योती किरण आमा समुहले स्थानीय स्वयंसेवकको भुमिका निभाएका थिए । आउँदा दिनहरुमा पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिने मोती भुजेलले बताए । उक्त शिविरको संचालन एवम् सभापतित्व बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका सचिव मोती भुजेलले गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु