पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा एक २ वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप आइतबार साँझ साढे ५ बजेतिर पाल्पाको रैनादेवी छहरा–८, सत्यवतीस्थित केवरेडाँडामा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तीन जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनास्थलमा मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी–१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी–२ पोखराथोककी २५ वर्षीया सीता गौतम छन् ।
यस्तै, मृतक सीताका छोरा २ वर्षीय बालक संयोग गौतम र पाणिनी–१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विजय पोखरेल सोही वडाका वडासदस्य हुन् ।
दुर्घटनामा १० जना घाइते छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ धरमपानी बस्ने ७ वर्षीय समीर पाण्डेय, सोही स्थानका १० वर्षीय अनुप सोमरे, पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान बस्ने ५ वर्षीया आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षीया लक्ष्मी पोखरेलको अवस्था गम्भीर छ । उनीहरुको उपचार भैरहवा मेडिकल कलेज रुपन्देहीमा भइरहेको छ ।
यस्तै अर्घाखाँचीको पाणिनी–१, का ६६ वर्षीय रामबहादुर विक, सोही स्थानका ६ वर्षीय संयोग गौतम, सोही स्थानकी ५ वर्षीया पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षीय सोलिन परियार र गुल्मीको रुरु गाउँपालिका बलेटक्सारका ९ वर्षीय सार्थक ज्ञवाली घाइते भएका छन् । उनीहरुको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ । भने घाइते भएका पाणिनी–१, अर्घाखाँचीका ४० वर्षीय हरि गौतमको बुटवल चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन