पोखरा । पोखराको रंगशालामा आजदेखि तेस्रो प्रदेशस्तरिय तथापहिलो कास्कीजिल्ला स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८०हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको सहआयोजनामा उक्त प्रतियोगिता हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । सोहि अवसरमा गण्डकी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो टेक्निकल तथा प्रशिक्षक सेमिनार प्रतियोगिता पनि सञ्चालन हुने छ । प्रतियोगिताको उद्धघाटन भोली १ बजे संघिय सरकारका यूवातथा खेलकुद मन्त्री दिगबहादुर लिम्वुले गर्ने आयोजकले जनाएको छ ।
पोखरा रंगशाला स्थित बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा ७ जिल्लाका ३ सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहने आइटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घमबहादुर थापाले जानकारी दिएका दिए । उनका अनुसार प्रतियोगितमा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता हुने छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ काश्यपदकका लागि प्रतिस्पर्धा हुने गण्डकी उपाध्यक्ष तथा रेफ्रिअफिसियल संयोजक आकाशचन्द्र घर्तीमगर जानकारी दिए । उनका अनुसार प्रतियोगितामा एकलकाता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ जसमा स्पाइरिङ तर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा गराइने भएको छ । त्यसै गरी एकल प्यार्टन तर्फ ग्रिन बेल्ट देखि ब्ल्याक बेल्ट तेस्रो डान सम्मका खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने छन् । सो अवसरमा विभिन्न खेल प्रदर्शनीहरु समेत साथै राष्ट्रिय खेलकुदमा प्रतियोगिता स्वर्ण बिजेता खेलाडीहरुलाई सम्मान समेत गरिने छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको संयोजनामा हुने प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख ५० हजार खर्च हुने अनुमान रहेको आइटिएफ तेक्वान्दो गण्डकीका कोषाध्यक्ष तथा स्टेज संयोजक बिक्कि सुनारले जानकारी दिए । प्रतियोगितालाई सफल बनाउन आज एक दिने अम्पाएर सेमीनार सम्पन्न गरिएको छ जसमा ३० जना अम्पाएरले प्रतियोगिता सञ्चालन गर्नेछन् । नेपालमा खेलकुदको बिकास, विस्तार, संरक्षण गर्नुका साथै प्रतिभा वान खेलाडीहरुको पहिचान तथा प्रोत्साहन गर्ने, खेलाडीहरुमा स्तरियताको थप अभिवृृद्धी गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त प्रतियोगिता २ गते सम्म सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव