स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ सिउडबारीमा एक बालकको हत्या भएको छ ।
धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा १० वर्षीय हर्षित देवकोटाको शव हिजो शुक्रबार घरदेखि टाढा खरबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
बालकको हत्या आरोपमा सिउडबारीका २२ वर्षीय सुजन चुवाई (सुवेदी) लाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।स्कुलबाट फर्किएका हर्षित बेपत्ता भएपछि खोजी थालिएको थियो । उनी गाउँकै स्कूलमा ५ कक्षामा अध्ययनरत थिए ।
हत्या भएका बालकको बुवा शाेभाखर देवकाेटा हाल वैदेशिक रोजगारीमा छन् । उनी परिवारको एक मात्र छोरा थिए । शाेभाखर र मीनाले बिहे गरेकाे २४ वर्षपछि हर्षित जन्मिएकाे गाउँलेले बताएका छन् । परिवारकाे एकमात्र खुशी हर्षितकाे पाशविक तबरले हत्या गरेका सुजनलाई कडा कारबाहीकाे माग गरिएकाे छ । जन्मिएपछि ८ महिनासम्म अस्पतालमा आईसीयूमा राखेर बचाएको बालकको यसरी क्रुर ढंगले हत्या गरेपछि गाउँले रूष्ट छन् । उनीहरूले फाँसी दिनुपर्छ भन्दै रोष प्रकट गरेका छन् । हर्षितलाई स्कूल रहँदा बाहेक आमाले कहिल्यै नछोड्ने गाउँलेले बताएका छन् ।
गाउँलेका अनुसार शुक्रबार सुजनले फिरफिरे बनाउन भनेर हर्षित लिएर खरबारी पुगेका थिए । घटना दिउँसाे शुक्रबार साढे ४ बजेतिरकाे हाे । प्रहरी श्राेतका अनुसार सुजनले हँसियाले ४३ पटक टाउकाेमा हान्दा पनि नमपरेपछि भीरबाट फालिदिएकाे बयान दिएका छन् ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा