पाेखरा । जापान पठाएर राम्रो काममा लगाइदिने भन्दै ठगी गरेको आरोपमा पोखराका गिरी दम्पती विरुद्ध उजुरी परेको छ ।
पोखरा वडा नं. २१ निर्मलपोखरी स्थायी घर भएका नारायण गिरी र उनकी श्रीमती ईन्दिरा गिरीले जापानमा मासिक एक लाख ८० हजारदेखि ३ लाखसम्म तलब हुने काममा लगाइदिने आश्वासन दिएर साढे १४ लाख ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको हो ।
प्याकेजिङ काममा १ लाख ८० हजार कमाइने र म्यानेजरमा ३ लाख कमाई हुने भन्दै यहाँका सिधा सोझा युवाहरुबाट गिरी दम्पतीले त्यति धेरै रकम उठाएका हुन् ।

उजुरी अनुसार गिरी दम्पतीले पोखरा २१ कै भाइ नाता पर्ने राजु गिरीबाट ११ लाख ५० हजार र पोखरा ९ का बिक्रम खत्रीबाट ३ लाख लिएका छन् ।
पैसा लिएको ३ वर्ष ४ महिना भइसक्दा पनि जापान नपठाएपछि गिरी र खत्रीले पैसा फिर्ता माग्दा नदिएपछि उजुरी दिन बाध्य भएको पीडितले बताएका छन् । उनीहरुले असाेज २६ गते वैदेशिक रोजगार विभाग काठमाण्डौंमा उजुरी दिएका हुन् ।
नारायण गिरी हाल जापानमा रहेको बताइन्छ । उनकी श्रीमति ईन्दिरा भने काठमाण्डौमै छिन् । यद्यपी उनीहरुले काममा लैजान्नँ, पैसा दिन्नँ भन्दैनन् ।
झण्डै साढे ३ बर्षदेखि अर्को हप्ता, अर्को महिना लैजान्छु भन्दै समय समयमा फेसबुक म्यासेज गरिरहन्छन् ।

नारायण गिरी काठमाण्डौमै रहँदा युवाहरुसँग भेटेका पनि थिए । त्यसपछि विस्तारै सम्पर्क पातालिँदै गयो र फेसबुक च्याटमा सीमित भयो । अब पैसा फिर्ता नदिने देखिएपछि युवाहरु असोज २५ गते ईन्दिरालाई भेट्न काठमाण्डौ पुगे । तर, थेरापी गर्ने बहानामा भेट्न मानिनन् । त्यसपछि बाध्य भएर पीडितहरु विभागमा उजुरी गर्न पुगेका हुन् ।
गिरी दम्पतीले लिएको साढे १४ लाख बैंक ट्रान्जेक्शन मात्रै हो । नगद दिनेहरु प्रमाण नभएकाले अहिलेसम्म मिडियासम्म आइपुगेका छैनन् । अरु धेरै ठगिएको हुनसक्ने आशंका गरिएको छ । यदि गिरी दम्पतिले जापान लैजान्छु भन्दै अन्यहरुलाई पनि ठगेको भए सम्पर्कमा आउन पीडितहरुले अपिलसमेत गरेका छन् ।
यस विषयमा थप बुझ्न गिरी दम्पतीलाई गण्डकन्यूले पटक पटक सम्पर्क गर्न खोज्दा फोनमा सम्पर्क भएन । ईन्दिराले लिएको मोबाइल नं. ९८४३१**५५० मा फोन गएपनि उठाइनन् ।
राजु गिरी र बिक्रम खत्रीले दिएको उजुरी यस्तो छ:

विक्रम खत्रीले इन्दिरा गिरीका नाममा सिद्धार्थ बैंकमा २०२० मार्च १३ तारिखमा डिपाेजिट गरिदिएकाे ३ लाख रूपैंयाकाे भाैचरः

सम्बन्धित खबर
पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट, अब जेलमा बस्न नपर्ने
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
संसद बैठकमा खाली कुर्सी देखिन थालेपछि सांसदहरूको हाजिरी हेर्दै रास्वपा
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
गगन थापा भन्छन्- सरकारका मन्त्रीहरू ‘छोटे राजा’को शैलीमा देखिन थाले
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ