सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पीडितको जाहेरीपछि आरोपी सोही वडाका ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पीडित किशोरीका अनुसार आफूलाई बलात्कार गर्नेमध्येका एक जनालाई तिहारमा लगाएको टीकाबारे पनि सम्झाएकी थिइन् । ‘तपाईंहरू मेरो दाइजस्तै हो, तिहारमा तपाईंलाई लगाएको टीकाको कम्तीमा लाज राख्नुस् भनेँ तर केही सुनेनन्, कुटपिट गर्दे मेरो अस्मिता लुटिरहे,’ पीडित किशोरीले भनिन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत असार २९ गते राति साढे १० बजेतिर ती किशोरीलाई भेट्न एक जना साथी आएका थिए । त्यसलगत्तै ४ जना आरोपी छिरेर किशोरी र उनका साथीलाई कुटपिटसमेत गरे । किशोरी र उनका साथीको तस्बिर खिचेर सार्वजनिक गर्ने उनीहरूले धम्की दिए । त्यसपछि किशोरीका साथीलाई घरमै थुनेर नजिकै रहेको घरमा लगेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
आरोपीमध्येका कैलाश भनिने टेकराज पोखरेलको निर्देशनमा ३ जनाले आफूलाई बलात्कार गरेको किशोरीले प्रहरीमा दिएको जाहेरीमा भनेकी छिन् । बलात्कारपछि किशोरीलाई कुटपिट गर्दै घरमा लगेर छोडिदिएको प्रहरीले जनाएको छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएको पीडितले बताएकी छिन् । ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने किशोरीका बुवा कामका सिलसिलामा जनकपुर गएका थिए । किशोरीकी आमा र बहिनीलाई अर्को कोठा राखेर चुकुल लगाइ आरोपीहरूले थुनेका थिए ।
पक्राउ परेका चारै जनालाई मंगलबार अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ