काठमाडौं । दक्षिण कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ ।
शाखाले सूचना प्रकाशित गर्दै पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको हो । शाखाका अनुसार परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा असोज ३ गते प्रकाशन हुनेछ ।
इच्छुक नेपाली नागरिक हुनुपर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले आवेदन दिन सक्नेछन् ।
फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रूपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्ने छ ।
कोरियामा इ–९ र ३–९–१ भिसामा पाँच वर्ष भन्दा बढी अवधि नबसेका र कोरियाको मानव संशाधान विभागबाट इपिएस भाषा परीक्षामा सहभागी हुन सक्ने भनेर नामावलीमा नाम भएकाले फारम भर्न पाउने पनि शाखाले जानकारी दिएको छ ।
सम्बन्धित खबर
स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
कुवेतको कम्पनीले माग्यो २५० जना नेपाली कामदार, मासिक तलब तथा सेवा सुविधा कस्तो ?
साउदीको कम्पनीमा १०० नेपाली कामदारको माग, मासिक तलब र सेवा सुविधा कस्तो ?
लामो समयपछि मलेसियामा रोजगारी खुल्यो, जान पाउँने भए नेपाली श्रमिक
नेपाल आर्मीमा भर्ती खुल्यो: ४ हजार जनालाई अवसर, ८ कक्षा पास गरेकाले आवेदन दिन सक्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग