पहिराले मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध

पहिराले मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध

Pahiro

बाग्लुङ । पहिरोका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध भएको छ।

लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धर्मशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो। निरन्तरको वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाँदा र रुख ढल्दा सडक अवरुद्ध भएको हो।

गएरातिदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए।

सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाण्डौ, पोखरालगायत ठाउँका लागि छुटेका गाडी कालापैरामा रोकिएका छन्। यस्तै, बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला गाडी कानाबगरमा रोकिएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds