पहिराले मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध

पहिराले मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध

Pahiro

बाग्लुङ । पहिरोका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध भएको छ।

लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धर्मशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो। निरन्तरको वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाँदा र रुख ढल्दा सडक अवरुद्ध भएको हो।

गएरातिदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए।

सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाण्डौ, पोखरालगायत ठाउँका लागि छुटेका गाडी कालापैरामा रोकिएका छन्। यस्तै, बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला गाडी कानाबगरमा रोकिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds