पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्ला खेलकुद खेलकुद विकास समितिहरुले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित एक कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्नुका साथै जिल्लाहरुमा भएका गतिविधिहरुका बारेमा समेत समिक्षा गरिएको हो । आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरण संगै चालु आर्थिक वर्षका लागि विनियोजित बजेट र कार्यक्रमका बारेमा छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।
परिषदले जिल्लामा आयोजना हुने खेलकुदको संभावना, चुनौती र अवसर, खेलहरुको विवरण र पूर्वाधारको अवस्था, जिल्ला खेलकुदहरुको आम्दानीका श्रोत तथा सम्भावनाहरु, जिल्लामा दर्ता गरिएका विभिन्न खेल संघहरुको विवरणलगायतका विषयहरुलाई केन्द्रविन्दुमा राखेर छलफल गरिएको सदस्य सचिव शर्माले बताए ।
“हामी अहिले जिल्ला खेलकुद विकास समितिमार्फत जिल्लामा रहेका खेल पूर्वाधारहरुको संरक्षण, खेल संघहरुको नविकरण, चालु आर्थिक वर्षको बजेटलाई खर्च गर्ने विषयमा गम्भिर रुपमा छलफल गरेका छौं,” सदस्य सचिव शर्माले भने–“हामीले प्रशिक्षक र खेलका निर्णायकहरुको सूचिकरणको प्रक्रियालाई समेत समयमा नै सक्नु पर्ने भएकोले आजको छलफलले दिशा निर्देश गरेको छ भने हामी अव कार्यविधि नै बनाएर सबै कुरालाई विधिवत रुपमा स्थापित गर्दैछौं ।”
जिल्ला खेलकुद संघहरु कमजोर हुँदा खेल विकासले गति लिन नसक्ने बताउँदै कार्यविधि निर्माण गरेर आर्थिक र प्रशासनिक सुशासन निर्माणका लागि परिषद अझै गम्भिर भएर अघि बढ्ने सदस्य सचिव शर्माले बताए । जिल्ला खेलकुद विकास समितिहरुमा कर्मचारीहरुको अभाव रहिरहेको बताउँदै कर्मचारीहरुको परिपुर्ती गर्न परिषदले आवश्यक निर्णय समेत गर्ने उनको भनाई थियो ।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, तनहुँका अध्यक्ष अनिल पाण्डे, गोर्खाका अध्यक्ष शान्तसिंह बस्नते, नवलपुरका अध्यक्ष सेत पुन, पर्वतका अध्यक्ष हर्कमान गुरुङ र म्याग्दीका अध्यक्ष दिनेश केसीलगायत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुले समेत जिल्लाको वस्तुस्थितीका बारेमा जानकारी गराएका थिए ।
छलफल कार्यक्रममा परिषदका कार्यकारी सदस्य द्वय दिल बहादुर गुरुङ, ऋषीराम गौतम, कार्यालय प्रमुख टोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाल लगायतले प्रगती विवरणको समिक्षाले आगामी दिनमा जिल्लाहरुमा खेलकुद गतिविधिहरु बढाउन र नयाँ योजनाहरु कार्यान्वयन गर्न सहयोग पुग्ने बताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला