पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना हुने विभिन्न खेलका आयोजक संस्थाहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
परिषदले पोखरामा आयोजना हुने खेलहरुलाई थप व्यवस्थित र उपलव्धिमुलक बनाउन छलफल आयोजना गरेको हो । सो कार्यक्रममा बोल्दै परिषदका सदस्य सचिब श्रीधर शर्माले ऋंखलाका रुपमा पोखरामा आयोजना हुँदै आएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई सफल बनाउन समन्वयको खाँचो भएको बताए । उनले भने–“यहाँहरुको आयोजनाले पोखरालाई मात्रै नभई समग्र गण्डकी प्रदेशलाई खेलकुदको माध्यमबाट चिनाउन भूमिका खेलेको छ । तर यि खेलहरुलाई सफल बनाउन परिषद समन्वयकारी भूमिका खेल्न तयार छ ।”
सबै आयोजक संस्थाहरुलाई खेलकुद विकास ऐन अन्तर्गत स्विकृती लिन आग्रह गर्दै सदस्य सचिव शर्माले प्रदेश सरकारले प्रदेशको खेलकुद विकासका लागि लिएको नितिलाई सफल बनाउन सबैको उत्तिकै प्रमुख दयित्व रहेको उल्लेख गरे । “हामी खेलकुद विकासका लागि एउटै डुङ्गामा यात्रा गरिरहेका छौं । यहाँहरुले आयोजना गर्ने खेल गतिविधिहरुको संस्थागत विकास गर्न परिषदको भूमिका, कार्यक्रमको प्रचार प्रसार लगायतका विषयमा हामी नयाँ योजनासहित वातावरण बनाउन परिषद सहयोग गर्न तयार छ”–उनले भने ।
सो अवसरमा बोल्दै नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरामा आयोजना हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनले विश्वका खेलाडीहरुको ध्यानकृष्ट गर्न सफल भएको बताए । ३० भन्दा वढि देशका धावकहरुको सहभागितामा आयोजना भइरहेको प्रतियोगिताले सामाजिक र सांस्कृतिक रुपमा समेत उत्तिकै सफल भएको बताउँदै पछिल्ला दिनमा म्याराथनलाई प्रविधि मैत्री बनाउँदै लगिएको उल्लेख गरे । पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मध्येको एक पोखरा म्याराथनलाई तिनै तहको सरकारबाट सहयोग प्राप्त भइरहेको बताउँदै सबै खेलहरुको स्थायित्वका लागि परिषदको भूमिका महत्वपूर्ण हुने कुरा उनले औंल्याए । मञ्चले आगामी दिनमा एकेडेमी मार्फत एथलेटिक्स खेलाडी उत्पादन गर्नेतर्फ योजना समेत बनाएको उनले जानकारी दिए ।
यसै गरी टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले आफ्नो संस्थाले अन्तर्राष्ट्रिस्तरका खेलाडीलाई पोखरामा आमन्त्रण गरेर आयोजना भइरहेको प्रतियोगिता केवल आयोजनाका लागि मात्रै नभई यूवा पुस्ता माझ अन्तर्राष्ट्रिय खेलाडीहरुको प्रत्यक्ष खेल हेरेर उनीहरुमा जागरुकता ल्याउन सहयोग गरेको बताए । टाइगर ग्रुपले भलिबल खेलको विकास संगै अन्य खेलकुद विकासमा सहयोग तथा रचनात्मक कृयाकलापमा समेत आफूलाई अघि बढाएको बताउँदै उनले अन्तर्राष्ट्रियस्तरका खेल आयोजकहरुको कार्यक्रमलाई तालिकामा राखेर बजेट विनियोजन गर्न आग्रह गरे ।
यस्तै बगर भाइ खलकका महासचिव याम बहादुर गुरुङले संस्था १३ औं संस्करणको बगर भाइ खल एट ए साइड भेट्रान फुटबलको तयारीमा जुटिरहेको जानकारी दिंदै यस वर्ष ४०, ५० र ६० वर्ष भन्दा माथी उमेर समुह गरी तिन क्याटोगरीमा प्रतियोगिता हुने बताए । उनले संस्थाले गरिरहेका विभिन्न गतिविधि माथी प्रकाश पार्दै संस्थाले सञ्चालन गर्दै आएको ग्रासरुट फुटबल प्रशिक्षण लगायत अन्य कार्यक्रमका बारेमा जानकारी दिए ।
कार्यक्रममा सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ ‘नेफा’ गण्डकीका अध्यक्ष बसन्तराज दवाडीलगायतले आफ्ना संस्थाले सञ्चालन गरिरहेका खेल गतिविधि माथी जानकारी गराउँदै परिषदले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजक संस्थाहरुलाई बोलाएर जानकारी माग्नु महत्वपूर्ण रहेको बताए ।
सो अवसरमा प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, परिषदका कार्यकारी सदस्यहरु दिल बहादुर गुरुङ, ऋषीराम गौतम, तारामाया थापा मगरलगायत परिषदका सदस्यहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो