पोखरा । मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली आफूले नलेखेको समाचारको विषयमा नकारात्मक प्रश्न उठाउने सरकारी कर्मचारी विरुद्ध कानुनी कारबाहीमा उत्रिएका छन् ।
शुक्रबार यस गण्डक न्यूजबाट प्रकाशित समाचार ‘पोखरामा पक्राउ परेका जुवाडेमा मुस्ताङ घरपझोङ अध्यक्ष पनि, प्रहरीलाई नै नाम ढाँटे’ शेयर भएकोमा कमेन्ट बक्समा नकारात्मक प्रश्न उठाई प्रतिक्रिया दिने उक्त गाउँपालिकाकै शिक्षा शाखा अधिकृत हिमलाल शर्मा र जनज्योति आवासीय विद्यालयका प्रधानाध्यापक निमा ठिले गुरुङ विरुद्ध थकाली प्रशासन पुगेका हुन् ।
समाचार पोखराको होटल लक्ष्मीमा जुवातास खेल्दै गर्दा पक्राउ परेका मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना जुवाडे पक्राउ परेको सम्बन्धमा थियो । वडा प्रहरी कार्यालय, बैदामले दिएको सत्यतथ्य सूचना अनुसार नै समाचार प्रकाशन भएको थियो । अघिल्लो दिन गाउँपालिका अध्यक्ष लालचनले मोहन थकाली नाम प्रहरीकहाँ बताएकाले सोहि नाममा समाचार प्रकाशित भएको थियो ।
भोलिपल्ट मात्र उनी गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन भएको खुलेको थियो । यसै समाचार शेयर भएकोमा फेसबुकमा शिक्षा शाखा अधिकृत शर्माले पत्रकार सुन्दरकुमार थकालीलाई मुछेर कमेन्ट गरेको पत्रकार थकाली बताउँछन् ।

पत्रकार थकालीले आफू समाचार लेखनसँग सम्बन्धित नभएकाले उक्त प्रतिक्रियाप्रति गम्भिर आपत्ति र खेद व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी अनुप केसी समक्ष आवश्यक कारबाही गरिपाउँ भनी आइतबार उजुरी दर्ता गरेका छन् ।
उनले प्रजिअ समक्ष गरेको उजुरीमा उल्लेख छ – ‘थकाली जात उल्लेख गरी मेरो पत्रकारितालाई बदनाम गर्न खोज्ने र पत्रकारलाई त्रसित गर्न खोज्ने आशयका साथ शर्माले आफू एक स्थानीय तहको राष्ट्रसेवक निजामति कर्मचारी भई कार्यरत रहेको तथ्य बिर्सिएर पेशागत मर्यादालाई तिलाञ्जली दिएर यस प्रकारको तुच्छ प्रतिक्रिया दिनु खेदजनक छ । कर्मचारी मिलन केन्द्र, मुस्ताङको गरिमामय अध्यक्ष पदमा हुनुहुन्छ । उहाँको यस प्रकारको क्रियाकलापले राष्ट्रसेवक कर्मचारीकै बदनाम हुनेमा दुईमत छैन ।’
पत्रकार थकालीले समुदायमै नकारात्मकता फैलाउने ध्येयले सामाजिक सञ्जालमा गरिएको दुराशययुक्त प्रतिक्रियाले आफू स्तब्ध भएको बताउँदै शर्मा विरुद्ध सत्यतथ्य छानविन गरी कानुनी उपचार गरिपाउँ भनी निवेदन गरेका छन् ।
यसैबीच, पत्रकार थकालीले जनज्योति आवासीय विद्यालयका प्रधानाध्यापक निमा ठिले गुरुङ विरुद्ध पनि उजुरी दिएका हुन् । मुस्ताङका पत्रकार बिक्रीमा भन्ने आरोप प्रमाणित गर्न चुनौती दिँदै थकालीले निमा ठिले विरुद्ध अर्को उजुरी पेश गरिएका जानकारी दिएका छन् ।
सरकारी दानापानीको सुविधा लिएर सामाजिक सञ्जालमा पत्रकारहरुलाई हतोत्साही र मनोबल गिराउने हर्कत किमार्थ स्वीकार गर्न सकिन्न भन्दै उनले प्रशासनले उजुरी दराजमा थन्क्याउने काम नगरी यथाशीघ्र छानविन कार्य सुरु गरी दोषीलाई कारवाही गर्न पनि अनुरोध गरेको छ ।
यद्यपी, कमेन्ट गर्नेहरुले समाचार विरुद्ध भने केही लेखेका छैनन् । उनीहरुले गरेको कमेन्टहरु हटाइसकेका छन् ।

पत्रकार थकालीले गरेकाे उजुरी विवरणः




सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह