विराटनगर । मोरङमा १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन्। एक बालकसँगको शारीरिक सम्पर्कबाट ८ महिनाअघि गर्भवती बनेकी बालिकाले छोरालाई जन्म दिएकी हुन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले विराटनगरकै सुविधा सम्पन्न अस्पतालमा ‘नर्मल डेलिभरी’ (सामान्य प्रसूति) मार्फत बालिकाले शिशु जन्माएको जानकारी दिए। उनका अनुसार बालिकाले पेट दुखेको महसुस गरेपछि अभिभावकले चेकजाँचका लागि भदौ १२ गते मंगलबार अस्पताल भर्ना गरेको पाइएको छ। परीक्षण गराउँदा गर्भ रहेको पत्ता लागेको थियो। बालिकाले बुधबार बिहान २.७ किलोग्रामको बच्चा जन्माएको दाहालले बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गत पुसमा १६ वर्षीय बालकसँग बालिकाको शारीरिक सम्पर्क भएको खुलेको छ। बालिकालाई गर्भवती बनाउने बालकलाई नियन्त्रणमा लिएर ‘बाल निगरानी कक्ष’मा राखी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि बालकविरुद्ध बालबालिका सम्बन्धित ऐन २०७५ अनुसार बाजबिच्जाइँअन्तर्गतको जबरजस्ती करणी मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी दाहालले दिए।
१८ वर्ष मुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार (जबरजस्ती करणी) मानेको छ। बलात्कारमा बालक नै संलग्न रहेको पाइएपछि प्रहरीले घटनालाई अनौठो एवं संवेदनशील मानेर अनुसन्धान अघि बढाएको हो।
पीडित र पीडक दुवैको पहिचान गोप्य राखेर प्रहरीले डीएनए परीक्षणको तयारी पनि गरेको छ। आमा तथा बच्चा दुवैको अवस्था सामान्य रहेको र अस्पतालले डिस्चार्ज दिइसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका र उनले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ।
डीएसपी दाहालका अनुसार लामो समयदेखि बालिकाको महिनावारी रोकिएको र उनी गर्भवती भएको कुरा थाहा नभएको अभिभावकले बताएका छन्। ‘एक्कासि पेट दुखेको महसुस गरेपछि अस्पताल लगेको पाइयो,’ उनले भने, ‘परीक्षण गराउँदा मात्रै गर्भ रहेको कुरा खुलेको जानकारी अभिभावकले गराएका छन्।’
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन