डडेल्धुराका प्रेमसिंह ऐर दम्पतिले सशस्त्र युद्धमा दुई छोरा गुमाए । २०५८ सालमा घर नजिकै सेनाले बिछ्याएको एम्बुसमा परेर दुई छोराको ज्यान गुम्यो । त्यसपछि २०६३ जेठ १९ मा एक छोरा जन्मियो । उनै छोराको पनि मोटरसाइकल सवार रहँदा सडक माथिबाट खसेको ढुंगा लागेर ज्यान गएको छ ।
जिल्लाको अमरगढी नगरपालिका १ दगलखेत बस्दै आएका ऐर परिवार दुई छोरा गुमेपछि थाँतथलो छाडेर सदरमुकामकै वडा नम्बर ४ खलंगामा घर बनाएर बस्दै आएको थियो। खुशीको रंग दिँदै ५ वर्षपछि जन्मिएका एक्लाे छोरा दुर्घटनामा बितेपछि ऐर परिवार फेरि उजाडिएको छ ।
शनिबार डोटीको दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म१प८८३० नम्बरको मोटरसाइकल पछाडि सवार राकेशको टाउकोमा सडक माथिबाट खसेको ढुंगा लागेका थियो। रडुवास्थित पहिरोबाट झरेको ढुंगाले लागेका राकेशलाई गम्भिर घाइते अवस्थामा डडेल्धुरा अस्पतालमा लगिएको थियो । त्यसपछि धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेको थियो।
उपचारको लागि धनगढी लैजाँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको हो। राकेश अमरगढी ५ खलंगास्थित महेन्द्र माविको कक्षा १० मा पढ्दथे ।
सडक विभागको ढिलासुस्तीले सडक धराप
केआईसिंह राजमार्ग अन्तर्गत गन्यापधुरा गाउँपालिका–२ रडुवामा दुई वर्ष अघि पहिलोपटक पहिरो खसेको थियो । त्यसपछि पहिलो थामिएको छैन । सडक डिभिजन कार्यालय डोटीले समयमा काम नसक्दा सडक ज्यानमारा बनेको स्थानीयको गुनासो छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन