पोखरा । गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले तीज संस्कृति महिला सशक्तिकरणसँग जोडिएको बताएकी छन् ।
बागलुङ समाज पोखराले हरितालिका तीजका अवसरमा शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपसभामुख थापाले महिला दिदीबहिनीले तीजका अवसरमा गीत संगीतका माध्यमबाट आफ्ना पीर व्यथा पोख्ने भएकोले सांगीतिक पर्व भएको पनि बताइन् । नेपाल धार्मिक, सांस्कृतिक विविधता भएको देश भएको जनाउँदै उहाँले सबै धर्मावलम्बी र जातजातिका बीचमा आपसी सद्भाव कायम गर्ने अवसर भएको उल्लेख गरिन् ।
एक अर्काको चाडपर्वमा सबैको समान सहभागिता रहने गरेको भन्दै उपसभामुख थापाले आपसी सद्भाव र सहिष्णुता नै नेपालीको पहिचान भएको बताइन् । तीज पर्व महिलाहरू घरबाट बाहिर निस्कने एउटा अवसर भएको उल्लेख गर्दै उनले समयक्रमसँगै सचेतना फैलाउने र सशक्तिकरण अभियानको पर्व भएको धारणा व्यक्त गरिन् ।
बागलुङ समाज पोखराका पूर्व अध्यक्ष एवं सल्लाहकार कुलचन्द्र शर्माले समाजले विगतदेखि नै आफ्ना मौलिक चाडपर्व र संस्कृति सामूहिक रुपमा मनाउँदै आएको बताए । बागलुङ समाज लेखनाथका अध्यक्ष हरकुमार रानाले पोखरामा बसोबास गर्ने सबै बागलुङेहरू एकजुट भएर एक आपसमा दुःखसुख साटासाट गर्ने महत्वपूर्ण थलो समाज नै भएको बताए ।
बागलुङ समाज पोखराका अध्यक्ष डिल्लीप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ठाकुरप्रसाद सापकोटा र सचिव नरेश सुवेदीले पनि बोलेका थिए । सो अवसरमा कार्यक्रम संयोजक कोपिला श्रीसले समाजले आयोजना गरेको कार्यक्रम बागलुङे दिदीबहिनीहरूका लागि भेटघाटको अवसर बनेको बताइन् ।
कार्यक्रममा प्रेमप्रसाद सापकोटा स्मृति पुरस्कार–२०८० बाट २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउने दुई जना छात्र र छात्रालाई पुरस्कृत समेत गरिएको थियो । त्यसैगरी, लोक तथा दोहोरी गायिका सीता परियारले आफ्नो सांगीतिक प्रस्तुती राखेकी थिइन् ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो