‘सरकारले घोषणा गरेको पुरस्कार रकम पाइँदैन कि भन्ने चिन्ता नलिनुस्’ : प्रधानमन्त्री

‘सरकारले घोषणा गरेको पुरस्कार रकम पाइँदैन कि भन्ने चिन्ता नलिनुस्’ : प्रधानमन्त्री

prachanda-samsad_cmN0q1VInE

काठमाण्डाै। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताएका छन् ।

बिहीवार बालुवाटारमा १९ औँ एसियाली खेलकुदका लागि भाग लिन चीन जाने नेपाली खेलाडीलाई बिदाइ गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीले आजसम्म पनि नपाएको भन्ने कुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधिक कारण र नीतिगत कारणले दिन नसकिएको जिकिर गरे ।

अहिले नियमावली बनेर अर्थ मन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रवार बस्ने मन्त्रिपरिषद् बैठकबाट पैसा निकासा हुने प्रचण्डले दाबी गरे।

“सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेको पुरस्कार पाइँदैन कि भन्ने चिन्ता नलिनुस्” प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds