बाटो रमणीय, उस्तै फराकिलो । सवारी जति हुँइक्यायो, उति मज्जा । तर, ट्राफिक अनुशासन छैन । अनि, परिणाम दुर्घटना ।
अहिले ‘भाइरल रोड’ भनेर चिनिने हेम्जामा दिन बिराएर जसो दुर्घटना हुने गरेका छन् । ‘मानवीय क्षति हुँदा मात्र समाचार बाहिर आउने गरेको छ, नत्र सामान्य दुर्घटना त कति हो कति ?’ – स्थानीय आभाष दाहाल भन्छन् – ‘फराकिलो बाटो देखेर स्पीडमा चलाउँछन् । अनि, मान्छे, गाडीहरु झ्याप्प रोडमा आइपुग्दा ठोक्किहाल्छ । हेम्जा प्रवेश गर्दैगर्दा सावधान भन्नुपर्ने र हेम्जा पार भएपछि बधाई छ पार हुनुभयो भनेर भन्नुपर्ने अवस्था छ ।’
साना सवारी बीचको डिभाइडरबाटै मोड्दा पनि दुर्घटना हुने गरेका छन् । यहाँको दुर्घटनाको मूख्य कारण नै तीब्र गति हो । बाक्लो बस्तीमा रोडमा कतिखेर को आइपुग्छ पत्तै हुन्न । चालक र बटुवाले पनि ट्राफिक नियमको पालना गर्ने हो भने यसरी दुर्घटना हुँदैन ।
कार र स्कुटर ठोक्किँदा आमाछोरा घाइते
पोखरा २५ हेम्जाको सुइखेत स्थित सुन्दरपुरी चोकमा पोखराबाट नौडाँडाँतिर जाँदै गरेको ग ३ च १४५१ नम्बरको प्राइभेट कारले ग १२ प ८४२३ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना भयो ।
स्थानीय ३६ वर्षीया बिपना सुवेदीको उक्त स्कुटर कारसँग ठोक्किँदा बिपना सामान्य घाइते भइन् । साथमा रहेका ७ वर्षीय छोरा उमंग गम्भीर घाइते भएको ट्राफिक प्रहरी प्रवक्ता बरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले जानकारी दिए । उमंगको टाउको र छातीमा चोट लागेको छ ।
घाइते आमाछोरालाई तत्काल फिस्टेल हस्पिटल ल्याइएको प्रहरीले जनाएको छ । बरिष्ठ सई पाठकका अनुसार कारले स्कुटर देखेपछि ५० फिट टाढाबाट ब्रेक हानेको थियो ।
सम्बन्धित समाचारः
हेम्जामा तीव्र गतिको हाइसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु
फराकिलो हेम्जाको सडकमा गाडीकाे ओभर स्पीड, जेब्रा क्रसमै लिन्छन् ज्यान
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो