पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारी सुरु भएको छ । अवार्ड कार्यक्रमको तयारी स्वरुप सोमबार सहारा क्लब पोखरा, सहारा यूके, रामबजार सोसाइटी यूके, तमु समाज यूके आमा समुह, सहारा क्लब हङकङ लगायतसँग छलफल गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
छलफलमा सहारा यूकेका सल्लाहकार एवं सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङ, सहारा यूकेका संस्थापक सल्लाहकार लोक गुरुङ, पूर्व राष्ट्रिय खेलाडी रुपक गुरुङ, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, तमु समाज यूके आमा समुह अध्यक्ष उमा गुरुङ, रामबजार सोसाइटी यूकेका अध्यक्ष रामबहादुर गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, निवर्तमान अध्यक्ष हरिराम गुरुङ सुरज, पूर्व अध्यक्ष विक्रम थकाली, सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङ लगायत सहभागी बनेका थिए ।
सहभागीहरुले मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्डको लोकप्रियता बढ्दै गएको बताए । अवार्ड कार्यक्रमलाई अझै भव्य बनाउन गर्नुपर्ने महत्वपूर्ण सुझाबहरु दिँदै आफूहरु सदैव मञ्चको साथमा रहने प्रतिवद्धता जनाए । समाजमा रहेका विकृती विसंगती विरुद्ध आवाज उठाउदै पोखराको खेलकुदको विकासमा निरन्तर क्रियाशिल बन्न मञ्चलाई उनीहरुको आग्रह थियो ।

तमु समाज यूके आमा समुह अध्यक्ष उमा गुरुङले आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको लागि आफ्नो व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गरिन् । सहारा क्लब पोखराको संस्थापक कोषाध्यक्ष समेत रहेकी उनले अवार्ड कार्यक्रमका लागि आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् । अन्य सहभागीले समेत अवार्ड कार्यक्रममा सहयोग गर्ने वचन दिएका थिए ।
सोही कार्यक्रममा सहारा क्लब पोखराका नवनिर्वाचित अध्यक्ष केशवराज बराललाई कार्य सफलताको शुभकामना सहित बधाई ज्ञापन गर्यो । नवनिर्वाचित अध्यक्ष बरालले आफ्नो नेतृत्वको कार्यकालमा मञ्च गण्डकीसँगको सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढ्ने बताए । खेल क्षेत्रका विकृती विसंगतीको बारेमा उजागर गर्ने काम पत्रकारको भएको भन्दै त्यसमा आफ्नो तर्फबाट सदैव साथ रहने बताए ।
मञ्चले सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७९ मा सहयोग गर्ने संघसंस्था र व्यक्तिहरुलाई प्रंशसा पत्र प्रदान समेत गर्यो । मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष एवं सल्लाहकार विनोद लामिछाने, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल र सचिव शशी कुमार पौडेलले उनीहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
मञ्च गण्डकीले यहीं असोज ६ गते पोखरामा आयोजना गर्ने साधारण सभा र विधान अधिवेशनको तयारी समेत तिव्रताका साथ अगाडि बढेको अध्यक्ष दीननाथ बरालले जनाए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला