डडेल्धुरामा महिलामाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। भागेश्वर गाउँपालिकाकी २० वर्षीया विवाहित महिलालाई सामूहिक बलात्कार गर्ने चार युवालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
महिलालाई सामूहिक रूपमा जबरजस्ती गर्ने चारैजनाले प्रारम्भिक रूपमा बलात्कार गरेको स्विकारेपछि पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।
प्रहरीले भागेश्वर गाउँपालिका–३ ओडगाउँका २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओडलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार प्रकाश र दीपक अविवाहित हुन्। उनीहरूले गत वैशाख महिनामा विवाहित ती महिलालाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको डीएसपी कार्कीले बताए। उनका अनुसार ती महिलाको पेटमा पाँच महिनाको गर्भ रहेपछि घटना बाहिरिएको हो।
‘केही महिनादेखि पेट दुख्यो भनेपछि परिवारका सदस्यले ती महिलालाई ३० भदौमा भागेश्वर गाउँपालिका–३ मा आयोजित स्वास्थ्य शिविरमा पठाएका रहेछन्। त्यहाँ शिविरमा उनको भिडिओ एक्सरे गर्दा ५ महिनाको गर्भ रहेको देखाएपछि घटना बाहिर आयो’, डीएसपी कार्कीले भने, ‘बलात्कारपछि महिलाको पेटमा गर्भ बसेका कारण मात्रै घटना सार्वजनिक भएको हो।’
ती महिलाका श्रीमान् डेढ वर्षदेखि भारत थिए। पीडित महिला एक छोरीकी आमा हुन्। स्थानीय नानीगाड खोलामा वैशाख ५ गते र वैशाख १२ गते गोठमा बेलुकीको समयमा गरी दुईपटक ती महिलालाई सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी कार्कीले जानकारी दिए।
‘२० वर्षीया युवतीको पहिलोपटक वैशाख ५ गते स्थानीय नानीगाड र १२ गते बाँझोगोठमा सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ बिहीबार आरोपितलाई सार्वजनिक गर्दै डिएसपी कार्कीले भने, ‘५ गते बलात्कार हुँदा चारजना र त्यसपछि दुईजना संलग्न भएको खुलेको छ। बयानका क्रममा आरोपितले पनि स्वीकार गरिसकेको अवस्था हो।’
उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई चिन्छु, एउटा केटाको हात र घाँटीमा ट्याटु रहेको छ भनी पीडित महिलाले भदौ ३० गते प्रहरीचौकी लामिकाण्डेमा मौखिक जानकारी गराएकी थिइन्।
‘प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न व्यक्तिहरू सबैको पहिचान भएपछि असोज २ गते पीडितका ससुराले प्रहरीमा किटानी जाहेरी दिनुभयो’, डीएसपी कार्कीले भने, ‘सोही दिन हामीले चारैजनालाई पक्राउ गरेर जिल्ला ल्यायौँ।’
‘श्रीमान् कामका लागि भारत गएको र परिवारका सदस्यलाई आफूमाथि बलात्कार भयो भनेर युवतीले बताउन नसकेको अवस्था देखियो,’ उनले भने, ‘चारजनालाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका छौँ।’
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो