दाङ । खुकुरी प्रहारबाट दाङमा एक महिलाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
दाङ तुलसीपुर उपमहानगरपालिका– ११ मा शनिबार दिउँसो दुई बजे स्थानीय ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा छिमेकी बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । हमालले प्रहार गरेको खुकुरीको चोटले स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएका छन् ।
टाउकोमा गहिरो चोट लागेकी कमलाकुमारीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ । हातमा चोट लागेका वीरबहादुरको भने राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घरबाट खुकुरी लिएर निस्किएका उनले देउता चढेको भन्दै बाटोमा भेटिने सबैलाई अन्धाधुन्ध खुकुरी प्रहार गर्दै हिँडेका थिए ।
पक्राउ परेका टेकबहादुरको मानसिक स्वास्थ्य चेकजाँच भइरहेको र त्यसपछि मात्र केही कुरा बताउन सकिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
टेकबहादुर केही महिनाअघि मात्र भारतबाट फर्केका थिए । उनले घरमा कुखुरा पालन गरेका थिए ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो