पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर जाने कार्यक्रम केही दिनअघि नै तय भएको थियो। भक्तपुरबासीकै निम्तामा पूर्वराजा शाह आइतबार भक्तपुर दरबार स्क्वायरको अवलोकन र तलेजु मन्दिरको दर्शनका लागि पुगेका थिए।
पूर्वराजा शाह भक्तपुर पुग्दा हजारौँको संख्यामा स्थानीयहरुले उनको स्वागत गरेका थिए। उनलाई स्वागत गर्नेहरुको भिडमा युवा, बृद्धबृद्धा र अधबैँसेहरु थिए।
स्थानीयले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’, ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएका थिए।

स्थानीयहरुले पुष्पगुच्छा दिँदा पूर्वराजा शाहले उनीहरुसँग अन्तर्क्रिया पनि गरेका थिए। भित्रै गएर तलेजु भगवतीको दर्शन गरी पूर्वराजा शाहले भक्तपुर दरबार स्क्वायरमा रहेका अन्य मन्दिरहरुको पनि दर्शन गरेका थिए।
पूर्वराजा शाहको एक झल्को हेर्न स्थानीयहरु तँछाडमछाड गर्दै भिडमा अगाडि आएका थिए। नेपाल मजदूर किसान पार्टीका समर्थकहरुको संख्या ठूलो रहेको भक्तपुर सहर क्षेत्रमा पूर्वराजाको भ्रमणका लागि आउँदा स्थानीयहरुको उत्साह हेर्नलायक देखिएको थियो।

पूर्वराजाको स्वागतका लागि उपस्थित सर्वसाधारणहरुले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए भने परम्परागत पहिरनमा सजिएका थिए। उनीहरु अधिकांशले हातमा पूर्वराजालाई दिन फूल बोकेका थिए।



तस्वीरहरूः रविन्द्र मिश्र फेसबुक लगायत सामाजिक सञ्जाल
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन