काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ता ई: ले आफूहरूलाई भेट्न मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको प्रष्टाएका छन्।
अभियन्ता ई: लगायतका कुरा सुन्न आफू उनीहरू उभिइरहेकै ठाउँमा पुगेको दाबी गर्दै मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखेका थिए।
मेयर बालेनको स्टाटसमा जवाफ दिँदै अभियन्ता ई: ले भनेका छन्, ‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करिब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए – त्यसोभए मेयरले भेट्दैन।’
अभियन्ता ई: ले आफूहरूलाई भेट्न मेयर नभई नगर प्रहरी आएको बताए।
अभियानकर्मी तथा पत्रकार नारायण वाग्लेले पनि बालेन हाेइन, नगर प्रहरी नै आएकाे स्पष्ट पारेका छन् । मेयर शाहले भने अभियन्ताहरू संवादमा आउन नचाहेको दाबी गरेका थिए।
सम्बन्धित समाचारः
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
सम्बन्धित खबर
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
मालपोत कार्यालयको नाम परिवर्तन
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’