पोखरा । पोखरामा यहि असोज १२ र १३ गते हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा २१ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । आयोजक पोखरा सांगीतिक कलाकार संघले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगितामा १८ कलेजका २१ टिमले सहभागिता जनाउने जानकारी दिएको हो ।
कक्षा ८ देखि स्नातकोत्तरसम्मका विद्यार्थीले सहभागिता जनाउने पाउने प्रतियोगितामा भद्रकाली मावि, कालिका मावि, कुमुदिनी होम्स, ईन्फोमेटिक्स कलेज, कान्तिपुर कलेज, ग्लोवल कलेजियट, सगरमाथा मावि, लाभेन्ज बोर्डिङ स्कुलले प्रतिष्पर्धाका लागि नाम दर्ता गराएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । त्यस्तै, प्रगती बोर्डिङ स्कुल, प्रतिभा मावि, पोखरा एकेडेमी, न्यू ग्यालेक्सी, मदरल्याण्ड, न्यू डायमण्ड मावि, लिङ्कन कलेज र पश्चिमाञ्चल माविपनि सहभागि रहेको उनले बताए । सहभागि मध्ये प्रतिभा, प्रगति र न्यू डायमण्डले दुई÷दुई वटा टिम सहभागि गराएको जनाइएको छ ।
प्रतिष्पर्धाका लागि धेरै कलेजहरुले फर्म भरेपनि डिजिटल अडिसनका आधारमा २१ टिम छनौट गरिएको संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको उद्घाटन असोज १२ गते हुने र सो दिन दिएको प्रस्तुतीका आधारमा १० टिम फाईनलमा प्रवेश गर्ने उनले बताए । फाईनल राउण्डमा प्रवेश गरेकाहरुले गरेको प्रस्तुतीका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिने उनले जानकारी दिए । उनका अनुसार व्याण्डहरुले कभर सङ्ग मात्रै गाए पुग्छ ।
प्रतियोगितामा सहभागि हुने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गर्ने जनाइएको छ । कार्यक्रम हुने अवधीभर कार्यक्रम स्थलमा स्टल राखेर दर्शकले काटेको टिकटको आधारमा सिम वितरण गरिने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।
पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने संघका अध्यक्ष हर्कराज गुरुङले बताए । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’ उनले भने । आधुनिक, लोकभाका र रकमा समेत प्रस्तुती दिने सकिने जनाउँदै उनले आफनै सृजनाका गीतलाई पनि प्रस्तुतीकरण गर्न सक्ने स्पष्ट पारे ।
एकातिर विद्यालयमा भएका प्रतिभालाई उजागार गर्ने र अर्कोतिर सांगितीक माहोल सृजना गर्न कोशेढुंगा सावित हुने विश्वास संघले लिएको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए । मानसिक स्वास्थ्य सुधार्नपनि कार्यक्रमले सघाउने उनको भनाई छ । ‘स्वास्थ्य मानसिकताको लागि संगीत’ भन्ने ध्येय कलाकार संघको छ । स्वास्थ्य मानसिकताले मात्रै शैक्षिक सफलता प्राप्त हुने विश्वास संघको छ । त्यसैले शिक्षासँगै संगीत भन्ने अभियानलाई अगाडि बढाएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा स्वागत मन्तव्य राख्दै संघका सहसचिव विनोद बानियाले शिक्षा र संगीतलाई जोड्ने प्रयास आफूहरुले गरेको बताए । ‘कुनैबेला पोखरा सांगितीक व्याण्डको शहरको परिचय बनाएको थियो’ बानियाले भने–‘अहिले त्यो अवस्था शून्यतामा छ । फेरी उठाउने प्रयास गरिएको छ ।’
प्याब्सन कास्कीका अध्यक्ष मधुराप्रसाद पौडेलले कलाकार संघले शिक्षा र संगीतलाई जोड्ने प्रयास सह्रानीय भएको बताए । यो कार्यक्रम हामीले गर्नुपथ्र्यो,उनले भने,‘हामीले गर्नुपर्ने काम कलाकार संघले गरेको छ । अब यसलाई हामी क्यालेन्डरमै राख्छौं । यो कार्यक्रम गर्न हामी सहयोग र सहकार्य गर्दै जान्छौं ।
प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प